काठमाडाैँ,राष्ट्रिय झण्डा जलाउने युवक पक्राउ परेका छन् । राष्ट्रिय झण्डा जलाएर त्यसलाई भिडियो बनाएर सार्वजनिक गर्ने इजास लिम्बु पक्राउ परेका हुन् । लिम्बुलाई काठमाडौं पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । पक्राउ परेका लिम्बू क्यामेरा पर्सन रहेको समेत खुलेको छ । लिम्बूसहितको समूहले देशद्रोही नामको म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको दृश्य राखेर त्यसलाई सार्वजनिक गरेका थिए । भिडियो गायक गेल्जङ दोर्जे तामाङ लगायतको खोजी जारी रहेको महाशाखाले जनाएको छ । भिडिओका गायक गेल्जङ दोर्जे तामाङ लगाएत अन्यकाे प्रहरीले खोजी भइरहेकाे महाशाखाकाे भनाइ छ ।
मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो । युट्युवमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ । सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका छन् । मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ ।