काठमाडौँ, काठमाडाैँमा जारी प्रथम काइके कप २०७८ मा जारी प्रतियाेगिताकाे दाेस्राे दिन पनि समुहचरणका खेलहरू भइरहेका छन् । आइतबार भएकाे समुह चरणकाे खेल अन्तरगत समुह ए बाट विजेता बन्दै डाेल्पाे एफसी र उपविजेताकाे रूपमा रूल ब्रेकर अन्तिम आठमा प्रवेश गरेका छन् । यस्तै समुह वि बाट त्रिपुरासुन्दरी एफसी समुह विजेता बन्याे भने उपविजेताका रूपमा काइके वि समेत अन्तिम अन्तिम आठ स्थान बनाउन सफल भएका छन् । बाँकी खेलहरू भाेलि हुने आयोजक काईके युवा क्लवका अध्यक्ष अर्जुन बुढा मगरले जानकारी दिए ।
डोल्पाका तराली मगरहरूको महान पर्व छैगो तथा रूङ्ग पर्वको अवसमा काईके युवा क्लवले काठमाडौँमा आयोजना गर्न लागेको प्रथम जिल्ला स्तरीय पुरूष तथा महिला फुटसल प्रतियोगिता शनिबारबाट शुरू भएकाे थियाे। प्रतियाेगितामा २४ पुरूष टिम विच र ५ महिला टोलिकाे सहभागिता रहेकाे थियाे । प्रतियाेगिता चुच्चेपाटीमा रहेको भाटभटेनिको माथिल्लो तल्लामा सञ्चालन हुनेछ । प्रतियोगिता भव्य र सभ्य रूपमा सञ्चालन भइरहेकाे आयोजकले जनाएकाे छ । प्रतियोगिताको मिडीया पाट्नर भने इमान्दार खवर रहेको छ । विजेता हुने टिमले निम्न अनुसारको पुरस्कार प्राप्त गर्ने छन् ।
फुटवल तर्फः
प्रथम – रु ५१,१११ ट्रफि,मेडल र प्रमाणपत्र
द्वितीय –रु ३०,१११ ट्रफि,मेडल र प्रमाणपत्र
तृतीय –रु १५,१११ मेडल र प्रमाणपत्र
यस्तै महिला तर्फः
प्रथम – रु १५,१११ ट्रफि,मेडल र प्रमाणपत्र
द्वितीय –रु ११,१११ ट्रफि,मेडल र प्रमाणपत्र
तृतीय–रु ५,१११ मेडल र प्रमाणपत्र
फाइल तस्वीरहरू






















