spot_img

माओवादी केन्द्रका अध्यक्ष र अर्थमन्त्री सहित शिर्ष नेताहरूकाे उपल्लाे डाेल्पा भ्रमणपछिःभेरीकरिडाेर पूर्णतादिन ३ अर्ब ३५ करोड बजेट स्वीकृत ( फाेटाेफिचर सहित )

spot_img

रूपक कुलाल,डोल्पा

भारतको रुपैडिया जमुना नाकादेखि डोल्पाको धो मोरिम्ला नाका हुँदै उत्तरी चीनको सीमा जोड्न त्रिदेशीय मार्ग भेरी करिडोर निमार्ण प्रकृया अगाडि बढेकाे हो भेरीकोरिडोर अन्तर्गतकाे ट्रयाक खोल्न बाँकी रहेको दुनै-लासिक्याप-धो सडक खण्डको डिपिआर अनुसारको लगभग ३ अर्ब ३५ करोडको बजेट अर्थमन्त्रालयले भौतिक पूर्वाधर मन्त्रालयलाई गत पुष माहिनाको दोस्रो साता मन्त्रीस्तरिय निर्णयबाट सहमति दिएपछि अन्ततः दुनै लासिक्याप धो सडक खण्ड बन्ने भएको हाे । अर्थमन्त्रालयले भौतिक पूर्वाधर मन्त्रालयलाइ बजेट स्वीकृत हुनु सकारात्मक पक्ष भएकाे बताउँदै निमार्णकाे जिम्मा नेपाली सेनालाइ दिनु पर्ने डाेल्पाेबुद्द गाउँपालिका वडा नम्वर १ का अध्यक्ष ग्याल्पाे थापा भाेटेले बताए ।

अध्यक्ष भाेटेका अनुसार केहि समय पहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, अर्थमन्त्री जनार्दन शर्मा,पूर्व गृहमन्त्री तथा सांसद शक्तिवहादुर बस्नेत,पूर्व शान्ति मन्त्री तथा सांसद सत्या पहाडी सहितका माओवादीका नेताहरूकाे उच्चस्तरिय  भ्रमणपछि भेरी करिडाेर निर्माणकाे मुद्दा राष्ट्रियस्तरमै पहलकदमीका साथ अगाडी बढेकाे हाे । सरकारले भेरी करिडोर नामाकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्दै त्रिदेशीय पारवहन सेवामा समेत सजिलो हुने भएकाले पनि छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय मार्गलाइ महत्वका साथ हेरिएको छ । भेरी करिडाेर सम्पन्न भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग भेरी करिडोर बन्नेछ ।

भेरी करिडोर अन्तर्गतका जाजरकोट डोल्पा सडक निर्माण २०६५ मा सुरु भएको थियो । २०७६ मा डोल्पा सदरमुकार करिब १ सय १८ किलोमिटर सडक निर्माण भएपछि भेरी करिडोरले पूर्णता पाउने आशा पलाएको थियो । भेरी करिडोर अन्तर्गत डोल्पा सदरमुकामसम्म सडक सञ्जाल पुगिसकेको छ भने चीनको सिमानाबाट मरिम नाकासम्मको कुल १ सय १० किलोमिटरमध्ये नेपालतर्फ ६० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक बन्न बाँकी छ । यदि दुनैदेखि धो सम्मको सडक निर्माण भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग भेरी करिडोर बन्नेछ । डाेल्पा सदरमुकाम दुनैसम्म सडक सञ्जालले जाेडिएपनि पुल नबन्दा सवारीसाधन आवतजावतमा निकै समस्या छ बेलिबृज निमार्णकाे काम भने जारी छ । देशको उत्तर सिमाकाे सुरक्षा गरिरहेको माथिल्लो डोल्पाका तीन गाउँपालिका जनताहरुले नेपाल तर्फ सडकको सुविधा नहुँदा सदियौं देखि नागरिकता र सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम दुनै सम्म तीन दिन सम्म पैदाल यात्रा गर्नुपर्ने बाध्यता थियाे । सम्पूर्ण खाद्य र अन्य सामानहरु महँगो मुल्यमा उपभोग गर्नु परेको गुनासाे थियाे ।

दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक निर्माण त्यति सहज छैन । चट्टानै चट्टानले बनेका ठूला पहाडका कारण निर्माण कार्यमा ढिलाइ हुने देखिन्छ । स्थानीयका अनुसार अहिले यो बाटो मान्छेलाई नै जीवन हत्केलामा राखेर यात्रा गर्नुपर्ने बताउँछन् । डोल्पा जडिबुटीको राजा भएकोले भेरी करिडोर अर्थात त्रिदेशीय मार्ग निर्माण भएपछि कर्णाली प्रदेश लगायत देशकै समृद्धिमा टेवा पुग्नेमा दुइमत छैन । केहि वर्ष अघि नेपाली सेनाले जाजरकोट–दुनै सडक खण्ड निर्माण पछि लासिक्याप, धो सडक खण्ड पनि नेपाली सेनाले नै बनाउनु पर्ने उपल्लाे डोल्पाका जनताको माग थियाे । तर जनताकाे  अपेक्षा विपरित सेनालाई डोल्पाबाट षड्यन्त्रपूर्वक फिर्ता गरेपछि दुनै धाे सडक निर्माण ओझेलमा परेकाे थियाे ।

प्रचण्ड सहित अर्थमन्त्री समेतकाे उपर डोल्पा भ्रमण भेलाको प्रतिबद्धता गरे अनुसार अहिले दुनै लासिक्याप धो सडक खण्डको निर्माणका लागि स्वीकृत भएपछि उपल्लाे डाेल्पाका जनतामा आसाका किरण पलाएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img