spot_img

कठ्ठै कर्णाली सरकारः१ वर्षमा जम्मा डेढ किलोमिटर सडक मात्रै कालोपत्रे !

spot_img

सुर्खेत,कर्णाली प्रदेश सरकारले एक वर्षको अवधिमा जम्मा डेढ किलोमिटर सडक कालोपत्रे गरेको छ। प्रदेश सरकारले बर्षमा प्रदेशभर डेढ किलोमिटर सडक कालोपत्रे गरिएको जनाएको हो। सडक पूर्वाधारलाई प्राथमिकता दिएको कर्णाली सरकारले यसैलाई भौतिक प्रगति भनेको छ।

एक वर्षमा प्रदेशभर जम्मा डेढ किलोमिटर अर्थात एक हजार आठ सय २० मिटर सडक कालोपत्रे भएको प्रदेश सरकारको प्रगति विवरणमा उल्लेख छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार सुर्खेतमा सातसय २० मिटर सडक कालोपत्रे भएको छ। यस्तै प्रदेश सरकारकै लगानीमा गत आर्थिक वर्षमा रुकुमपश्चिममा ११ सय मिटर सडकमा कालोपत्रे गरिएको मन्त्रालयका प्रवत्ता गोपाल शर्माले जानकारी दिए।

प्रदेशका दुई जिल्लामा मात्र सडक कालोपत्रे भएको प्रगति प्रतिवेदनमा जनाइएको छ। यस्तै सोही अवधिमा प्रदेश सरकारले प्रदेशभर जम्मा ४९ किलोमिटर सडकमा ग्राभेल गरेको छ। जसअन्तर्गत सुर्खेतमा १२, जुम्लामा साढे एक, दैलेखमा साढे दुई, सल्यानमा सात र रुकुमपश्चिममा २६ किलोमिटर गरी कुल ४९ किलोमिटर सडक ग्राभेल गरिएको हो। यस्तै सोही अवधिमा प्रदेशभर एकसय ५६ किलोमिटर सडकको स्तरोन्तती गरिएको छ। मन्त्रालयका अनुसार सुर्खेतमा एकसय १०, जाजरकोट र मुगुमा तीन, जुम्लामा ६, कालिकोटमा २९ र सल्यानमा पाँच किलोमिटर गरी प्रदेशभर एकसय ५६ किलोमिटर सडकको स्तरोन्नती गरिएको छ। अन्नपूर्ण पाेष्टमा खवर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img