spot_img

कोरोना मिटरःएकैदिन हजारभन्दा बढीमा संक्रमण पुष्टि, संक्रमितको संख्या २८ हजार नाघ्यो

spot_img

काठमाडाैँ,पछिल्लो २४ घन्टामा देशभर थप एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन एक हजारभन्दा बढीमा संक्रमण देखिएको यो पहिलो हो योसमेत देशभर संक्रमितको संख्या २८ हजार दुई सय ५७ पुगेको छ ।मन्त्रालयले आज ८५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको जनाएको छ । योसमेत देशभर डिस्चार्ज हुनेको संख्या १७ हजार पाँच सय ८० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार पाँच सय ६३ रहेको छ ।

कोरोना संक्रमित थप सातजनाको मृत्यु, हालसम्म एक सय १४ जनाको निधन

कोरोना संक्रमण भएका थप सातजनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमण भएर मृत्यु हुनेको संख्या एक सय १४ पुगेको छ । मन्त्रालयले मंगलबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके, कास्की र तनहुँका एक–एकजनाको निधन भएको जानकारी दिए । निधन हुनेमा ६ जना पुरुष र एक महिला छन् । तनहुँमा महिला र बाँकी जिल्लामा पुरुषको मृत्यु भएको गौतमले बताए ।

काठमाडौं उपत्यकाका दुई सय पाँचजनामा संक्रमण

काठमाडौं उपत्यकामा एकैदिन दुई सय पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा एक सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा संक्रमण देखिएको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img