spot_img

प्रथम काइके कप २०७८ भव्य र सभ्यरूपमा सम्पन्नः”पुरूष तर्फकाे उपाधि आयोजक काईके युवा क्लवले जित्दा,महिला तर्फकाे उपाधि जगदुल्ला ए ले उचाल्याे”

spot_img

काठमाडौँ, काठमाडाैँमा जारी प्रथम काइके कप २०७८ मा जारी प्रतियाेगिता भव्य र सभ्यरूपमा सम्पन्न भएकाे छ । सम्पन्न प्रतियाेगितामा पुरूष तर्फकाे उपाधि आयोजक काईके युवा क्लवले उचालेकाे छ भने महिला तर्फकाे उपाधि जगदुल्ला ए टिमले उचालेकाे छ । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा काइकेले डाेल्पाे एफसीलाइ २-१ काे नतिजा सहित जित हासिल गरेकाे हाे । उपाधि विजेता काइकेले रु ५१,१११ नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । यस्तै महिला तर्फकाे उपाधि विजेता जगदुल्ला ए ले रू १५,१११ ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।

यस्तै पुरूष तर्फकाे उपविजेता बनेकाे डाेल्पाे एफसीले रु ३०,१११ ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएकाे छ भने तृतीय स्थान हासिल गर्न सफल जगदुल्लाले  रु १५,१११ मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । द्वितीय हुन सफल डाेल्पाे एफसीले  रु ११,१११ ट्रफि,मेडल र प्रमाणपत्र र  तृतीय स्थान हासिल गर्न सफल ताराप टिमले ५,१११ मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।

प्रतियाेगिताकाे बेस्ट प्लेयर अफ द टुर्नामेन्ट रिसि बुढा भएका छन् । पुरूपकाे सर्वाे उत्कृष्ट खेलाडी उर्गेन झिक्टाल गुरूङ,बेष्ट महिला तर्फकाे सर्वाे उत्कृष्ट याङ्जुङ राेकाया,पुरूष तर्फकाे वेस्ट किपर पद्मजाेति बुढा र महिलाकाे वेस्ट किपर सुविस्ता राेकाया बन्न सफल भएका छन् । इमर्जिङ प्लेयर पुरूषमा लाेचु राेकाया र महिला तर्फ टसी डोल्मा गुरूङ बनेका छन् ।

डोल्पाका तराली मगरहरूको महान पर्व छैगो तथा रूङ्ग पर्वको अवसमा काईके युवा क्लवले काठमाडौँमा आयोजना गर्न लागेको प्रथम जिल्ला स्तरीय पुरूष तथा महिला फुटसल प्रतियोगिता शनिबारबाट शुरू भएकाे थियाे। प्रतियाेगितामा २४ पुरूष टिम विच र ५ महिला टोलिकाे सहभागिता रहेकाे थियाे ।  प्रतियोगिता भव्य र सभ्य रूपमा सञ्चालन भएकाे आयोजकले जनाएकाे छ ।  प्रतियोगिताको मिडीया पाट्नर भने इमान्दार खवर रहेको थियाे ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img