काठमाडौं, नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रवक्ता शर्मा सामाजिक सञ्जालमार्फत् आफूलाई आठ महिनापछि फेरि कोरोना संक्रमण भएको जानकारी दिएका छन्। प्रवक्ता शर्माले स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी अस्पतालमा स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको जानकारी गराएका हुन्।
उनीसहित उनकी श्रीमती, दुईजना छोराछोरीलाई समेत कोरोना संक्रमण देखिएको हो।उनीहरु सबैजना घरमै आइसोलेसनमा बसेका छन्। प्रवक्ताले चिकित्सकको परामर्शमा औषिध र आइसोलेसनमा बसेको जानकारी गराएका छन्।