spot_img

सरकारका नीति र नियतमाथि एमालेका प्रश्नैप्रश्नःराष्ट्रलाई नै असफलताको दिशातिर धकेलेकाे दावि

spot_img

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त सरकार सही दिशामा अघि बढिरहेको दाबी गरेकै बेला प्रमुख प्रतिपक्षी एमालेले सरकारको नीति र नियतमाथि प्रश्नैप्रश्न उठाएको छ । सरकारले ६ महिना पूरा गरेको अवसरमा प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गरेको दुई दिनपछि आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्तिमार्फत सरकारको कार्यशैली र कार्यक्रममाथि विरोध गरेका छन् । ओलीले मुलुकको कार्यकारी अंगका रूपमा रहेको सरकार संविधानले निर्दिष्ट गरेको न्यूनतम दायित्व पूरा गर्नसमेत असफल भएको टिप्पणी गरेका छन् । ‘सरकार राष्ट्रिय हितको रक्षामा चुकेको छ, महामारीमा अकर्मण्य बनेको छ र जनतालाई न्यूनतम राहत दिनसमेत असमर्थ भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राज्यका तीनवटै अंग आज संकटोन्मुख छन् र यसले राष्ट्रलाई नै असफलताको दिशातिर धकेल्ने जोखिम पैदा भएको छ ।’

एमालेले देउवा नेतृत्वको सरकार बनेपछि मुलुक संकटतिर धकेलिएको दाबी गरेको छ । शक्ति पृथकीकरण र राज्यका अंगहरूबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, बाह्य सम्बन्ध र शान्ति सुरक्षाको अवस्थालगायत प्रमुख पक्षहरू गम्भीर रूपले समस्याग्रस्त बनेको एमालेको ठहर छ । कोभिड महामारीविरुद्धको प्रतिकार्य पनि लथालिंग भएको एमालेको निष्कर्ष छ । उसले निहित स्वार्थपूर्तिका लागि केही नेता र सर्वोच्च अदालतका पदाधिकारीको अवाञ्छित साँठगाँठबाट संविधानको अपव्याख्या भएको दोहो¥याएको छ । ‘अदालतले निश्चित व्यक्तिको स्वार्थपूर्तिका लागि राजनीतिक फैसला गरिदिने र त्यसबापत राजनीतिक नेताहरूले गुन तिर्ने अलोकतान्त्रिक, असंवैधानिक र जनविरोधी क्रियाकलापको मूल्य मुलुकले चुकाउनुपरेको छ,’ एमालेले विज्ञप्तिमा भनेको छ ।

लगातार संसद् अवरोध गर्दै आएको एमालेले त्यसमा पनि सरकारलाई नै जिम्मेवार ठहराएको छ । ‘सत्तापक्षको गलत मनसायका कारण राज्यको अर्को महत्त्वपूर्ण अंग व्यवस्थापिकासमेत अकर्मण्य अवस्थामा पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यहाँसम्म कि सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलले गर्ने हाम्रो आफ्नै संसदीय अभ्यासलाई समेत उपेक्षा गरिएको छ ।’ प्रधानमन्त्री देउवाले आफ्नो सम्बोधनमा सरकारले संविधानको कार्यान्वयन, कानुनी राज्य र सुशासनको प्रत्याभूतिलाई उच्च प्राथमिकतामा राखेको भन्दै सहमतिकै आधारमा संसद् सञ्चालन गर्ने उल्लेख गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img