spot_img

राष्ट्रिय जनगणना ः महिलाको अनुपात ०.४६ प्रतिशतले कम, किन ?

spot_img

काठमाडौं, केन्द्रीय तथ्याङ्क विभागले बुधबार १२औँ जनगणनाको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक भएको प्रारम्भिक तथ्याङ्कअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । अघिल्लो जनगणना २०६८ को तुलनामा यो २७ लाखले बढी हो ।

राष्ट्रिय जनगणना २०७८ ले नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या ६ लाख ९ हजार ८५८ ले बढी भएको तथ्याङ्क सार्वजनिक गरेको छ । नेपालको हालको कुल जनसंख्यामध्ये महिलाको संख्या ५१.०४ प्रतिशत अर्थात् एक करोड ४९ लाख एक हजार १६९ छ । यस्तै, कुल जनसंख्याको ४८.९६ प्रतिशत हिस्सा ओगटेका पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

जबकि १० वर्ष अघि २०६८ सालको जनगणनामा कुल जनसंख्यामा महिलाको संख्या ५१.५ र पुरुषको संख्या ४८.५ प्रतिशत थियो । यसरी हेर्दा महिला संख्याको अनुपात भने १० वर्षपछि ०.४६ प्रतिशतले कमी आएको तथ्याङ्कले देखाउँछ ।महिलाको संख्या बढी भएपनि अनुपातमा कमी हुनुको मुख्य कारण लिङ्ग पहिचान गरी छोरीको भु्रणहत्या भएको महिला अधिकारकर्मी बबिता बस्नेतको भनाई छ । छोरा–छोरीबीचको विभेद वा पितृसत्तात्मक समाजमा भ्रुणहत्याको समस्या र घटना दिन प्रतिदिन बढ्दो रहेको उनको जिकिर छ ।

सरकारले लिङ्गको आधारमा गर्भपतन गराउनेलाई कानूनी रुपमा कारबाहीको दायरामा ल्याएको छ । तै पनि, मेरी स्टोप सेन्टर, नर्सिङ होमलगायत विभिन्न क्लिनिकमा लिङ्ग छुट्याउने काम भइरहेको छ । कानूनी रुपमा बन्देज भएपनि चिकित्सकको मिलेमतोमा अझैपनि यस्ता गैरकानूनी धन्दा फस्टाइरहेको बस्नेत बताउँछिन् । घरमा पारिवारिक सम्बन्ध सुमधुर बनाइराख्न पनि महिलाहरु यस्तो जघन्य अपराधमा संलग्न देखिन्छन् । यसले नेपालको सामाजिक, साँस्कृतिक परिवेशमा गम्भीर चुनौती पैदा गराएको छ ।

दोस्रो महिलाको अनुपातमा कमी आउनुको कारण एक वा दुई सन्तानमा चित्त बुझाउनु हो । पहिले–पहिले एउटै परिवारमा कम्तीमा पनि ५÷६ जना सदस्य हुन्थे । तर अहिले एउटा वा बढीमा दुई भन्दा धेरै सन्तान हुँदैन । आधुनिक समाजमा अहिले महिला वा पुरुष बिहेवारीमा पनि ढिला बाँधिन्छन् र सन्तान पनि छोरा वा छोरी जे भएपनि एउटा सन्तान भए पुग्छ भन्ने सोचाई हाबी हुँदैजानुले पनि अनुपातमा कमी आएको बस्नेत बताउँछिन् । आगामी १० वर्षमा यो अनुपात अझै घट्ने उनको भनाइ छ ।यस्तै, यो जनगणनाबाट नेपालको जनसंख्या वृद्धिदरमा समेत गिरावट आएको पाइएको छ । पछिल्लो १० वर्षमा नेपालकोे सरदर वार्षिक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको देखिन्छ । वि.सं. १९८८ को जनगणना यता पहिलोपटक एक प्रतिशतभन्दा कम कायम भएको पाइएको विभागले जनाएको छ । २०६८ को जनगणनामा यो १.३५ प्रतिशत रहेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img