spot_img

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा ‘मर्निङ वाक’ निस्के पनि कारबाही

spot_img

काठमाडौं,काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागू भएको छ। मध्यरातदेखि नै लागू गरिएको निषेधाज्ञामा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न निषेध गरिएको भनिए पनि तरकारी, फलफूल तथा खाद्यान्न पसलसमेत खोल्न दिइएको छैन। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ ३ गते राति १२ बजेदेखि १० गते राति १२ बजेसम्म उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा (३) बमोजिम लगाउने निर्णय उपत्यकाका प्रशासनहरुले गरेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्ने र कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको थियो।

निषेधाज्ञाको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img