spot_img

जोरबिजोर प्रणालीले सडकमा सार्वजनिक यातायात आधा घटे, यात्रुलाई सास्ती

spot_img

काठमाडाैँ, सामान्य अवस्थामा काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र) मा दैनिक २० हजार सार्वजनिक सवारीसाधन गुड्छन् । टेम्पो, माइक्रो मिनिबस, बस, ट्याक्सीलगायतका सार्वजनिक सवारीसाधनमा औसतमा दैनिक चार लाखपटक मानिस ओहोरदोहोर गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको भनाइ छ । सामान्य अवस्थामा सबै सवारीसाधन गुड्दा पनि बिहान कार्यालय जाने र बेलुका घर फर्किने वेला सार्वजनिक सवारीसाधनमा ठेलमठेल गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिला, बिरामी तथा शारीरिक रूपमा फरक क्षमताका मानिसलाई चढ्न र झर्न समस्या नै हुने गर्छ ।

तर, ७ माघदेखि प्रशासनले सार्वजनिक सवारी सञ्चालनमा लगाएको जोरबिजोर प्रणालीले सडकमा गुड्ने सार्वजनिक सवारीसाधनको संख्या अधिकतम १० हजारमा झरेको छ । जसले गर्दा दैनिक सार्वजनिक सवारी प्रयोग गर्नुपर्ने करिब चार लाख मानिसले १० हजार सवारीसाधनमै यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । जसले गर्दा यातायातमा झन् बढी भिडभाड हुन थालेको छ । यसले कोभिडबाट जोगिन दूरी कायम राख्ने सरकारकै नियमको धज्जी उडाएको छ । जोरबिजोर प्रणालीका कारण कोभिड संक्रमणको जोखिम बजेटको महसुस आफूहरूले गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए ।

यात्रुको संख्या उही, तर सवारीसाधन आधा घट्दा कोरोना नियन्त्रणभन्दा पनि वृद्धि गर्न सहयोग पुगेको यातायात केन्द्रीय महासंघ, नेपालका महासचिव भरत नेपालले बताए । सरकारीदेखि निजी कार्यालयहरू बन्द रहेको अवस्थामा मात्र जोर–बिजोर प्रणालीको उपादेयता हुने उनको सुझाब छ । उपत्यकामा करिब ट्याक्सी १० हजार, टेम्पो र माइक्रो ६ हजार र बस–मिनिबस चार हजार सञ्चालनमा रहेको विश्वास छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img