काठमाडौं, सवारी साधनमा जोरबिजोर प्रणालीले यात्रुको भीड बढेको गुनासो हुन थालेपछि हटाउने तयारी गरिएको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले गत शुक्रबार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरूमा जोरबिजोर प्रणाली लागू भएको हो।
सरकारीलगायत अन्य सबै सेवा तथा व्यवसाय निरन्तर चलेपछि जोर बिजोर प्रणालीको मोडालिटी परिवर्तन गर्न लागिएको हो।शुक्रबार बस्ने काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक सवारी साधहरुमा लागु हुँदै आएको जोर बिजोर हटाउने तयारी गरेका छन्। उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुमा जोर बिजोर हटाउने र निजी सवारी साधनहरुमा मात्रै लागु गर्ने तयारी छ।
सरकारले मास्क अनिवार्य लगाउन आग्रह भएपनि सहचालकले पालना गरेका छैनन्। दैनिक रुपमा कोरोना संक्रमण बढिरहेकाले त्यसबाट बच्न जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ।