spot_img

आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

spot_img

सुर्खेत,कर्णाली प्रदेश सरकारले आज ( बिहीबार ) सार्वजनिक बिदा दिएको छ । भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।

मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णयअनुसार प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुल खड्काले जानकारी दिए । सरकारले गत वर्षदेखि नै भदौ ४ गतेलाई प्रदेश स्थापना तथा सहिद दिवसका रूपमा बिदा दिने निर्णय गरेको थियो ।

कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, टिकाराम गौतम, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुँवरको ज्यान गएको थियो । उनीहरूकै सम्झनामा प्रदेश स्थापना र सहिद दिवस एकैदिन मनाउने गरिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img