spot_img

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ७ सय ७ संक्रमित,काठमाडाैँ उपत्यकामा थपिए २०० जना

spot_img

काठमाडाैँ,बिहीबार देशका विभिन्न ठाउँमा थप ७ सय ७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा सो संख्याका संक्रमित पुष्टि भएको हो।यीसहित हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा २ सय ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ छ।

विगत २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ५ लाख ६५ हजार बढीको पिसिआर परीक्षण भएको छ। त्यस्तै हालसम्म मृतक १२६ जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा थप ६ जना मृतकमा कोरोना पुष्टि भएको हो। बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १७४ जना रहका छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img