सुर्खेत, कर्णालीबासीको सपना पुरा गर्न पाँच वर्ष अगाडि आजकै दिन कर्णाली प्रदेश स्थापना भएको थियो । कर्णालीबासीको समृद्धीको सपनाको ढोका खुलेको दिन यहि दिन थियो । संभवत कर्णाली बासीको समृद्धीको यात्रा आज भदौ ४ गतेबाट शुभारम्भ कर्णालीबासीले आफ्नो भबिश्यको कर्मरेखा कोर्नको लागि संघर्षले सार्थकता प्राप्त गरेको दिन ।
२०७२ साउन २३ गतेदेखि अखण्ड मध्यपश्चिम प्रदेशको माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट सुरु भएको आन्दोलन हरेक जिल्ला सदरमुकाम र गाउँगाउँसम्म पुग्यो। आन्दोलन चर्किंदै जाँदा सुर्खेतका यामबहादुर विसी, टिकाराम गौतम, गोपालसिंह रजवार र जुम्लामा हरिबहादुर कुँवरले यहि प्रदेश प्राप्तीका लागि ज्यान गुमाए । सयौँ घाइते भए । कर्णाली प्रदेश घोषण भयो ।
१३ दिनसम्म आन्दोलन चर्कियो। अन्ततः तत्कालिन नेतृत्व सुदूरपश्चिममा गाभिएका जिल्लाहरु फिर्ता गर्न तयार भयो। साविकको भेरी अञ्चलका सुर्खेत, दैलेख र जाजरकोट, राप्तिका सल्यान, रुकुम पश्चिम र कर्णाली अञ्चलका कालिकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पा मिलाएर २०७२ भदौ ४ गते छैटौं (कर्णाली) प्रदेश घोषणा भयो । पुर्बवत भेरी अञ्चलका दुई जिल्ला जो कर्णालीका लागि समृद्धीका ढोका बन्न सक्थे बाँके र बर्दियालाई छोडेर कर्णाली प्रदेश घोषण गरियो । आन्दोलनको बलबाट प्राप्त भएको कर्णाली प्रदेश स्थापना भएको पाँच वर्ष पुगेको छ ।
तर पुरा भएनन् सहिदका सपना
सहिदका सपनाले भुगाेल प्राप्त गर्न सफल भएपनि सहिदका सपना पुरा गर्न कर्णाली सरकार भने असफल भएका छ । आन्दोलनमा भाइ हरिबहादुर कुँवरलाई गुमाएका जुम्लाका राजबहादुर कुँवरले सहिदका सपना पूरा नभएको बताउँछन् । आन्दोलनबाट प्रदेश त प्राप्त भयो, तर समृद्ध कर्णालीको सपना अझै अधुरै छ ,’सहिदको रगतले भूगोल त प्राप्त भयो, तर आम नागरिकका सपना पुरा नेताहरूले गर्नु पर्ने उनकाे माग छ ।