काठमाडौँ, राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजे बस्ने भनिएको संघीय संसद्‚ राष्ट्रिय सभाको बैठक स्थगित भएको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकिएको भन्दै उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए।
‘मिति २०७८ साल माघ १७ गतेत सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद्‚ राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिउको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली‚ २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगित भएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ‚’ संघीय संसद् सचिवालयद्वारा जारी सूचनामा भनिएको छ ।यसअघि माघ ३ गतेको बैठक पनि ‘विशेष कारणवश’ बस्न नसक्ने भएपछि स्थगित गरिएको सूचना जारी गरिएको थियो ।