उदयपुरमा वन संरक्षण समितिकै मिलेमता हुन्छ काठ तस्करी,उपभोक्ता कुरा सुनुवाइ नै गर्दैनन् सराेकारवाला निकाय
उक्त ढालिएको रुखहरुको बारेमा उचित छानविन समेत नभएको भन्दै असन्तुष्ट पक्षधर उपभोक्ताहरुले विभिन्न निकायमा उजुरी समेत दिएका छन् । तर, अहिले सम्म वन अन्तर्गत कुनैपनि निकायले सत्यतथ्य जाँचबुझसमेत नगरेको उनीहरुको आरोप छ ।

जंगलमा दिनडाहडै सखुवाको गाछी ढालिन्छ तर वन अध्यक्षलाई कुनै चासो हुँदैन । अवैध रुख ढालियो भनी निवेदन समितिमा चढाउँदा समेत उल्टै अध्यक्षको हप्कीदप्की खानु पर्ने उपभोक्ताहरु बताउँछन् ।
वन समितिका अध्यक्ष हरिबहादुर राउतले दादागिरी शैलिमा उपभोक्ताहरुको मर्म र भावनालाई हेलचेक्राई गर्ने गरेको स्थानीय उपभोक्ताहरुको ठूलो आरोप छ । समतितिका अध्यक्ष हरिबहादुर राउतले मनोमानी ढंगले सचिव तुलसीराम खत्रीसंग मिलेर सामुदायिक वनमा लापरबाही गरेको असन्तुष्ट पक्षधरका उपभोक्ताहरुको भनाई छ ।
समितिको अन्य पदाधिकारीहरु सह–सचिव, कोषाध्यक्ष लगायत सदस्यहरुलाई समेत थाहा नदिई सधै द्धय अध्यक्ष राउत र सचिव खत्रिले मनोमानी आफु खुसि गर्ने गरेको उपभोक्ता रमेश कार्कीको आरोप छ ।
वनको (ट्रिपुलिङ) गर्ने क्रममा १२÷१५ टिप लाथ्रा निकाल्दा हुन्थ्यो । तर, अनावश्यक रुपमा ६० ट्याक्टर भन्दा बढी दाउँरा लाथ्रा निकाल्यो, त्यसको अहिलेसम्म सार्वनिकिकरण नगरिएको कार्कीले बताए ।
विना छप्पनको ३ वटा सखुवा र १÷१ थान साँच र जामुन अवैध ढंगले अध्यक्षको आदेशमा ढालिएको अर्का उपभोक्ता भिमराज खत्रीको आरोप छ । अवैध ढंगले अनाधिकृतरुपमा ढालिएको रुखका टुनाहरुको सर्जिमिन मुचुल्का भईसकेपनि अभैm सम्म टुनाहरु वनमै रहेको खत्रीको भनाई छ ।

यहीँ विषयमा जिल्ला वन कार्यालय गाईघाट, सव डिभिजन कार्यालय सुन्दरपुर र अख्तियार कार्यालयमा समेत छानविन गरी कानुनी कारबाहीको लागि निवेदन दिएको उपभोक्ता शिव कार्कीले जानकारी दिए । निवेदन उपर कुनै कार्यालयबाट अहिले सम्म सुनुुवाई नभएको उनको भनाई छ ।
यीनै विषयमा समितिका अध्यक्ष राउतले भने, ‘अवैध भनिएको रुखको बारेमा हामीले अभियुक्त भेटेर पनि कारबाही गरि सक्यो । उस्लाई जरीमाना समेत गरि सकेको अवस्था हो ।’ केही बाहाना नभेटेर उपभोक्ताहरुले मलाई हटाएर आफु आउँने र समिति फेरबदल गर्ने चालबाजी मात्र भएको प्रतित्रृmया दिए ।
समितिकै सचिव तुलसीराम खत्रीले भने, ‘त्यो अवैध काठको बारेमा मान्छे फेलापरेर जरीमाना लगायत कारबाही गरिसकिएको हो, र उनीहरुको भनाई अनुसार आमसभा बोलाएर सबै कुराको गरांै राखौं भन्दा अहिले यो कोभिड १९को महामारीको परिस्थितीमा आमसभा गर्न मिल्दैन तपाईहरुको आमसभा गर्ने असोज सम्म म्याद छ भन्ने वन कार्यालयबाट कुरा आएपछि हामी चुवचाप बसेका हौ ।’
उता सव डिभिजन वन कार्यालय सुन्दरपुरका अधिकृत विजयकुमार यादवले भने, ‘अवैध काठ सम्वन्धमा निवेदन आएको हो, समुहले दोषिलाई भेटेर कारबाही स्वारुप खम्वसिं खत्रीको नामबाट ७६ हजार १ सय ८१ रुपैया समुहले जरीमाना गरिसकेको र रकम पनि वैक खातामा दाखिला भईसकेको छ ।

तर, पनि म किरियामा बसेकोले आउन पाएको छैन, आएपछि सत्य तथ्य छानविन गरांैला ।’ तर, जरीमाना गरिएको व्यक्ति प्रति असन्तुष्ट पक्षधरहरु स्विकार्न चाहन्र्दैनन् । उनीहरु भन्छन्, ‘एक जना अध्यक्षकै आफन्तलाई फसाउने षड्यन्त्रस्वरुप रचिएको एउटा बाहाना हो ।
र आफुहरु उम्किने षड्यन्त्र मात्रै हो, भन्दै असन्तुष्ट पक्षधरहरु मान्न तयार छैनन् । उनीहरुले रुख ढाल्ने व्यक्ति अर्कै भएको पनि बताए । जिल्ला वन कार्यालय उदयपुरका प्रमुख अम्विकाप्रशाद पौडेलले निबेदन आएको र सत्यतथ्य बुझ्न सव डिभिजन वन कार्यालय सुन्दरपुरलाई पत्र लेखेको बताए ।
असन्तुष्ट पक्षधरले जिल्ला वन कार्यालयमा साउन ११ गते पत्र बुझाएको थियो । असन्तुष्टहरुको एउटै आवाज छ, वन संरक्षणमा स्थानीयवासी चाहिने तर, स्थानीयलाई काठ दाउरा नदिई अन्य छिमेकीलाई बेच्ने ? प्रतिप्रश्न गर्छने उनीहरु ।

सामुदायिक भित्रको गञ्जागोल प्रति हरहिसाव देखि सबै लेखाजोखा गर्ने र सार्वजानिक गर्ने भनिए पनि अहिले सम्म नगरिएको उनीहरुको भनाई छ । सबैको साझा सम्पत्ति भएपछि पार्दर्शी गर्नु पर्ने मुख्य उपभोक्ताहरु बताउँछन् ।
अवैध काठ बारेमा सबै सम्वन्धित निकायमा निवेदन दिई सकेको तर सुनुवाई नभएको उनीहरुको आरोप मुख्य आरोप हो । पुनः उपभोक्ता कार्की भन्छन्, ‘असार १ देखि ५ गते सम्म काठ वितरण गर्ने भने सूचना टाँस गरे । काठपनि आफ्नो अनुकल्ताकालाई दिए, ती अवैध भनिएको काठ ल्याईएन ।
साउन ६ गते सम्म पर्खियो त्यो काठ आएन, नआएपनि ७ गतेका दिन १५ जनाले वन समितिलाई पहिलो पटक निवेदन दियौ । निवेदन दिएपछि झर्किन्दै यस्ता कागजलाई कति खायो पचाईयो जहाँ सम्म जान्छौ जाऔं, यो विषयमा तिमिहरुले अख्तियार सम्म मुद्धा दिएका छौं जे गर्ने हो ? गर, भन्दै अध्यक्ष राउत पन्छिए ।’
कार्कीले अध्यक्षको शैलि पुरै दादागिरी शैलि भएको पनि बताए । वनमा सरकारी नोक्सान भएको छ, यसको छानविन गरी दोषि उपर वन ऐन अन्तर्गत कारबाही र जरीमाना हुनु पर्छ पर्दैन ? यो विषयमा साउन १ देखि ४ गते सम्ममा सबै भेला भएर आम उपभोक्ता बीच गल्तीको पनि आत्मालोचना गर्ने भन्ने अध्यक्षको भनाई थियो ।
तर, त्यो सबै गर्न अध्यक्ष राउतले गर्न सकेनन् अर्का उपभोक्ताले भने । जुन सुकै सार्वजानिक संघ संस्थामा पार्दर्शीता र जवाफदेहीता हुन पर्दछ नत्र यो एक दिन विष्फोट भयो भने सबैलाई नष्ट पार्छ भन्छन् एक पुराना वन विज्ञ । उक्त सावउसको ०७६ पुस २२ गते साधारण सभाबाट नयाँ समितिको चयन भएको थियो ।गढीखबरबाट साभार
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -