spot_img

स्थानीय तहको निर्वाचन जेठ ५ भित्र गर्नुपर्ने निर्वाचन आयोगको जोड

spot_img

 काठमाडौं, निर्वाचन आयोगले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएको छ ।सत्तारुढ पाँचदलीय गठबन्धनले जेठ मसान्तभित्र स्थानीय तह निर्वाचन गर्ने सहमति जुटाएको थियो । तर आयोगले जेठ ५ भन्दा पछाडि जान नसकिने बताएको छ ।आयोगका पदाधिकारीले मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने भेटमा पनि यही धारणा राख्ने स्रोतले बताएको छ ।

‘हामीले त वैशाख ३१ भित्र निर्वाचन गरौं भनेका हौं, तर जेठमा गर्ने भएपछि जेठ ५ भन्दा पछाडि जान सक्ने अवस्था छैन,’ स्रोतले भन्यो, ‘मितिबारे प्रधानमन्त्रीसँग छलफल हुन्छ ।’जेठ २ गते बुद्धजयन्ती परेकाले ४ गतेको मितिमा सहमति जुट्न सक्ने स्रोतको दाबी छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img