spot_img

हावाहुरीका मधेसमा कारण ३ को मृत्यु, प्रदेश सभाको वार्षिकोत्सव नै स्थगित

spot_img

धनुषा, मधेस प्रदेशमा शुक्रबार बिहानैदेखि तीव्र गतिमा चलिरहेको हावाहुरीका कारण रूख ढल्दा च्यापिएर ३ जनाको मृत्यु भएको छ । धनुषाको सबैलामा २ जना र रौतहटमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार हावाहुरीले रुख ढाल्दा त्यसमा च्यापिएर मृत्यु हुनेहरूमध्ये धनुषा सबैलाका ८ वर्षीया प्रतिमाकुमारी सदा र १२ वर्षीय अरविन्द सदा रहेका छन् । मृत्यु हुने दुवैजना सवैला फकिरचन्द्र माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।

विद्यालयमा रहेकै बेला त्यहाँको रुख ढल्दा दुवै विद्यार्थीको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।यस्तै रौतहटमा हावाहुरीले ४५ वर्षीया महिला फूलमति देवीको मृत्यु भएको छ । रुख ढलेर घरमाथि खस्दा घर भत्किएपछि च्यापिएर उनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

प्रदेश सभाको वार्षिकोत्सव समारोह स्थगित

तीव्र हावाहुरीका कारण मधेसको प्रदेश सभाको वार्षिकोत्सव समारोहसमेत स्थगित भएको छ । हावाहुरीले त्रिपाल र मञ्चमासमेत क्षति पु¥याएको थियो । वार्षिकोत्सव समारोहका लागि जनकपुरस्थित प्रदेश सभा परिसरमा तयार पारिएको पन्डाल र टेन्ट उडाएपछि कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार प्रभाकर सिंहले जानकारी दिए ।शुक्रबार बिहानैदेखि चलिरहेको हावाहुरीले वार्षिकोत्सवका लागि तयार गरेको पन्डालमा क्षति भएपछि कार्यक्रम स्थगित गरिएको प्रदेश सभा संसद सचिवालयले जनाएको छ । प्रतिकुल मौसमका कारण चौथो वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको प्रदेश संसद सचिवालयले अतिथि र सांसदहरूलाई एसएमएस गरेर सन्देश पठाएको छ ।

सचिवालयले पठाएको सन्देशमा मौसम प्रतिकुलताका कारण वार्षिकोत्सव स्थगित गरिएको र माघ २३ गते प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।हावाहुरीका कारण सांसदको पनि सहभागिता कम हुने भएकाले कार्यक्रम स्थगित भएको संसद्‍ सचिवालयका कर्मचारीले बताए । प्रदेश सभा सचिवालय शुक्रबार चार वर्ष पूरा भई पाँचौं वर्षमा प्रवेश गरेको छ । मधेस प्रदेशमा बिहीबार रातिदेखि वर्षासँगै तीव्र गतिमा हावाहुरी चल्दैछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img