spot_img

कर्णालीमा ठुलाे संख्यामा थपिए कोरोना संक्रमित, जुम्लाका मात्रै ५२ जना

spot_img

काठमाडाैँ,कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा मात्रै जुम्लाका ५२ जनासहित ५६ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै जुम्लाको हिमा गाउँपालिकाका ४८ जना रहेका छन् । संक्रमितहरु गाउँपालिकाको वडानम्बर १, ३, ४, ५, ६ र ७ का हुन् । जुम्लाकै चन्दनाथका ३ र कनकासुनदरीका एकजनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।जुम्लामा यति ठूलो संख्यामा संक्रमित भेटिएको पहिलो पटक हो ।

यता सुर्खेतस्थित प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा दैलेख, कालीकोट र बाँकेका एकरएकजना गरी तीनजनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै,रुकुम पश्चिमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणमा रुकुम पश्चिमकै मुसिकोट नगरपालिका ३ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २२२५ पुगेको छ । हालसम्म १९४५ जना भने डिस्चार्ज भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ । २७४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img