काठमाडौं, नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु भएको छ ।एमसीसीबारे धारणा बनाउने, स्थानीय तहको निर्वाचन तयारी, भातृ संगठनहरुको संशोधित विधान पारित गर्ने, अधिवेशन नभएका जिल्लाहरुमा प्रतिनिधि खटाउनेलगायत बैठकका एजेण्डा रहेका छन् ।
बिहीबारदेखि कार्यसम्पादन समितिमा सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । आजको बैठकले एजेण्डामाथि निर्णय गर्ने पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।