spot_img

अभिनेत्री रेखा थापाले गरिन् विवाह

spot_img

काठमाडौं, चर्चित नेपाली अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन।पूर्वपति छविराज ओझासँगको सम्बन्ध विच्छेद भएको लामोसमयपछि रेखा पुनः वैवाहिक बन्धनमा बाँधिएकी हुन।

थापाले आफ्ना प्रेमी बलराम शाहीसँग ‘कोर्ट म्यारिज’ गरेको बताइएको छ। उनीहरुले जिल्ला अदालत काठमाडौंमा पुगेर केहि दिन अघि ‘कोर्ट म्यारिज’ गरेका हुन। जाजरकोट स्थायी घर भएका शाही हाल अमेरिकामा व्यवसायमा संलग्न रहेको बताइएको छ।

रेखाले निर्माता ओझासँगको १० वर्षको सम्बन्धमा पूर्णविराम लागेपछि उनी केही वर्षयता एक्लो जीवन बिताइरहेकी थिइन्।

आफ्नो विवाहबारे रेखाले भने औपचारिक रुपमा केहि बताएकी छैनन्। सामाजिक सञ्जाल फेसबुकमा पछिल्लो पटक प्रणय दिवसको अवसरमा स्टाटस लेख्दै उनले सबैलाई प्रेमदिवसको शुभकामना दिएकी छन।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img