काठमाडाैँ, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा दोहोरो चरित्र नदेखाएको बताएका छन्। मंगलबारनयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा थापाले एमसिसीको सन्दर्भमा यस्तो बताएका हुन्।
बैठकमा पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा नाफा घाटा नहेरी संसदबाट पारित गर्नुपर्छ भन्ने प्रश्तावलाई अघि बढाउने बताएका उनले उल्लेख गरे। तत्कालीन नेकपा सरकार रहँदा एमसिसीबारे मन्त्रीपरिषद्बाट गरिएको निर्णयमा नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सहयोग गर्ने विश्वास पनि प्रधानमन्त्रीले लिनुभएको बताए।
’उहाँ (केपी ओली(को नेतृत्वमा रहेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बीचमा भएको अनुदान सहयोग सम्झौतालाई अनुमोदनको लागि मन्त्रीपरिषद्मा पेश गर्ने र अनुमोदन भइसकेपछि दातृ निकायलाई जानकारी गराउने भनेर जुन प्रश्ताव पारित ग¥यो, पारित गरेको प्रश्तावले २०७६ साल असारको ३० गते अनुमोदनको लागि संसदमा दर्ता गरायो।
त्यो दर्ता गरेको विधेयकलाई, प्रश्तावलाई हामीले २०७६ साल पौष १५ गते, जतिबेला नेपाली काँग्रेस प्रतिपक्षमा थियो, त्यही बेलामा पनि हामीले संसदमा दर्ता भइरहेको प्रश्तावलाई तत्काल छलफलमा लगेर अनुमोदन गर्नुपर्छ भनेको हो।
त्यो बेलाको हाम्रो निर्णयलाई पनि स्मरण गर्दै आज नेपाली काँग्रेसको संसदीय दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले यो संसदमा दर्ता गरेको यो प्रश्तावलाई तत्काल संसदमा टेबल गरेर यसलाई अनुमोदनको प्रक्रिया अघि बढाउनु पर्छ भनेर माग गर्ने निर्णय गरेको छ,’ महामन्त्री थापाले भने।