spot_img

भोली फागुन ४ गते नेपाल बन्द,कारण यस्ताे छ !

spot_img

काठमाडौँ, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले भोली १ दिनका लागि नेपाल बन्दको घोषणा गरेका छन् । अमेरिकी सहायोग परियोजना एमसीसी संसदमा टेबुल हुने भएपछि विप्लव नेतृत्वको नेकपासहित ६ दलहरुले नेपाल बन्दको घोषणा गरेका हुन् ।

विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, केपी वली र प्रचण्डलाई एमसीसी छिट्टै पारित गर्न फोनबाट दिएको दबाब र धम्कीपूर्ण भाषाले नेपाली जनताको एमससीविरुद्धको अनवरत सङ्घर्षमा गम्भीर चुनौती थपिएको निष्कर्ष निकाल्दै फागुन ४ गते देशभर नेपाल बन्दको घोषणा गरिएको हो ।

विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कटेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वका नेकपा माओवदी केन्द्र समाजवादी, चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष, सीपी गजुरेलको देशभक्त जनगणतान्त्रिक मोर्चाका र आहुती नेतृत्पको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले नेपाल बन्दको आयोजना गरेका हुन् ।

६ दल र दुई मोर्चाले जारी गरेको विज्ञप्तिमा यही फागुन ४ गतेको संसद्को बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेपछि नेपाल बन्द गर्न लागिएको नेकपाले जनाएको छ ।संसद् बैठकबाट ४ गते एमसीसी पारित गराउने देउवा सरकारको षड्यन्त्रलाई चकनाचुर पार्न बन्दको घोषणा गरिएको जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img