नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने– हाम्रो जोड यो गठबन्धन बचाउनमै छ
काठमाडाैँ, सत्तारूढ नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’आफूहरूको जोड अहिलेको सत्ता गठबन्धन जोगाउनेमा रहेको बताएका छन्।
बिहीबार दिउँसो एकीकृत समाजवादीका अध्यक्ष र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठसँगको छलफलपछि प्रतिक्रिया दिँदै प्रचण्डले गठबन्धनका पाँच दललाई एक बनाउने र एमसिसीलाई निकास दिनेबारे छलफल भएको बताए।