डाेल्पा,सामाजिक विकास कार्यालय डाेल्पाले दलित समुदायका लाेकसेवा तयारी गर्न चाहने इच्छुक विद्यार्थीका लागि निशुल्क लाेकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएकाे हाे । कार्यालयले बिहिवार एक सुचना जारी गर्दै जिल्ला भरिका दलित समुदायका विद्यार्थीहरू जाे लाेकसेवा तयारी गर्न इच्छुक छन् उनिहरूका लागि महत्वपूर्ण याेगदान पुग्ने उदेश्यका साथ १ महिने निशुल्क कक्षा सञ्चालन गर्न लागेकाे सामाजिक विकास कार्यालयका नि. प्रमुख धनवहादुर शाहीले जानकारी दिनुभयाे ।
शाहीका अनुसार लाेकसेवा आयाेगकाे स्वीकृत पाठ्यक्रम अनुसार खरिदार र सुब्बा अर्थात राजपत्र अनंकित ( प्रथम तथा द्दीतीय श्रेणी \प्रशासन सहायक पाँचाै एवम् चाैथाे तह अप्राविधिक ) पदका लागि निशुल्क कक्षा सञ्चालन गर्न लागिएकाे हाे । कक्षा सञ्चालकनका लागि २० जना भन्दा बढि प्रशिक्षार्थीहरू आवश्यक हुने भएकाले सबैलाइ माैकाकाे फाइदा उठान समेत शाहीकाे अपिल छ । थप जानकारीका लागि तलकाे सुचना पढ्नुहाेस् ।
सुचना हेर्नुहाेस् ।


















