spot_img

दोहोरो चरित्र बन्द गर्नुहो्स कमल थापाको प्रचण्ड र नेपाललाई सुझाव

spot_img

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दोहोरो चरित्र बन्द गर्न आग्रह गरेका छन्।शुक्रबार अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत् प्रचण्ड–नेपाललाई सडकमा ढुंगामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्न भनेका हुन्।

उनले एमसिसी विरूद्धमा भए खुलेर प्रतिवाद गर्न समेत सुझाव दिएका छन्। ‘सडकमा ढुंगामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस्,’ उनले लेखेका छन्,‘एमसिसीविरुद्धमा हुनहुन्छ भने खुलेर प्रतिवाद गर्नुहोस्। सरकारमा बस्ने अनि सरकार कै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’ ले संविधान र व्यवस्था कै खिल्ली उडाएको छ।’

एमसीसी संसद्मा टेबल गरी अनुमोदन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयासमा सत्ता गठबन्धनकै दलले अवरोध गरिरहेका छन्। माओवादी केन्द्र अध्यक्ष प्रचण्डले जबर्जस्ती टेबल गरे आफ्नो पार्टीले विपक्षमा मतदान गर्ने, सरकारबाट पनि अलग हुने अडान लिएका छन्।

यता एकीकृत समाजवादी अध्यक्ष नेपाल पनि प्रचण्डकै भाषा बोल्दै आएका छन्। एमसीसीमा सहमति जुटाउन बालुवाटारमा लगातार सत्तागठबन्धनको बैठक बसेपनि बिनानिष्कर्ष टुंगिदै आएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img