spot_img

नेकपा एकीकृत समाजवादीको यथास्थितिमा एमसीसी टेबल गर्न नहुने सदस्यहरुको जोड

spot_img

काठमाडौं, नेकपा एकीकृत समाजवादीको जारी स्थायी कमिटि बैठकमा नेताहरुले धारणा राखिरहेका छन्। नयाँबानेश्वरमा जारी नेकपा(एस)को स्थायी समिति बैठकमा नेताहरुले धारणा राखिरहेको पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताए।उनले भने, ‘अहिले स्थायी समिति सदस्यहरुले धारणा राखिरहेका छन्। आज बेलुकीसम्म ठोस धारणा बनाउने सोचमा छौं।’उनले एमसीसी आन्तरिक मामला भएको भन्दै हस्तक्षप सह्य नहुने बताए। श्रेष्ठले भने, ’यथास्थितिमा एमसीसी पास हुन सक्दैन। यद्यपी स्थायी कमिटिले ठोस निर्णय गर्छ।’बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)बारे आधिकारिक धारणा तय गर्ने बताइएको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी अनुमोदन हुन नसक्ने बताउँदै आएका छन्। बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीबारे स्थायी समितिको बैठक बसेर आधिकारिक धारणा बनाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग समय मागेका थिए। व्याक्तिगत रुपमा अध्यक्ष नेपाल एमसीसीबारे नकरात्मक नरहे पनि उनको पार्टीका अन्य नेताहरु यथास्थितिमा अनुमोदन गर्न नहुने पक्षमा छन्।

सो पार्टीका सम्मानित नेता झलनाथ खनाल एमसीसी कुनै पनि हालतमा अनुमोदन गर्न नहुने पक्षमा छन्। खनालको कारणपनि हध्यक्ष नेपाल दवावमा छन्। प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई एमसीसीबारे छिटो निर्णय गर्न आग्रह गरेका छन्।

दाहाल र नेपालले नमाने नेकपा एमालेसँग सहकार्य गरी संसदबाट एमसीसी अनुमोदन गर्ने तयारी प्रधानमन्त्री देउवाले गरेका छन्। प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बिहीबार बेलुकी एमसीसी अनुमोदन गर्नेबारे छलफल भएको थियो। प्रधानमन्त्री देउवा ओलीलाई भेटन पत्नी आरजुलाई लिएर बालकोट गएका थिए। स्थायी समिति बैठक ११ बजेलाई तय भएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img