काठमाडाैँ,डोल्पो फुटसल लिग–२०२२ शनिबार काठमाडौँमा सम्पन्न भएकाे हाे । डोल्पो एफसीको आयोजनामा भएकाे लिगमा ८ टिमको सहभागिता रहेको थियाे । लिगकाे उपाधि मुक्पाेराेङ भिजेर फुटवल टिमले उचालेकाे छ । फस्ट रनरअप भेञ्चाङ फुटवल टिम भयाे भने सेकेण्ड रनरअप डाेल्पाे एफसी बन्न सफल भयाे ।
लिगमा वेष्ट प्लेयर अफ दि टुर्नामेन्टकाे उपाधि सागर घर्तीमगरले बने । यस्तै वेष्ट गाेल किपर कार्माटासी बने भने हाइएष्ट स्काेरर ववि शेर्पा बने ।लिग भव्य र सफल रूपमा सम्पन्न हुनुका साथै पूर्व फिफारेफ्री श्रवण लामा सहित २ जना रेफ्रिले अन्तिम खेलहरू खेलाएकाले थप राम्राे भएकाे डोल्पो एफसीका संस्थापक भुचुङले जानकारी दिए । लिग चरणकाे खेलहरू करिव १ महिनासम्म चलेकाे थियाे । हरेक टिममा १२ जना खेलाडी रहेकोमा ९ खेलाडी उपल्लो डोल्पाका रहेको र अन्य ३ जना खेलाडी नेपालभरबाट सहभागिता जनाएका थिए । मिडीया पाट्नर इमान्दार खवर रहेकाे थियाे ।



















