डाेल्पा,कर्णाली प्रदेशकाे सामाजिक विकास मन्त्रालयले हुम्ला र डाेल्पामा जिल्ला अस्पताहरूकाे स्तरराेन्नती गरी पचास शैयाकाे निर्माण गर्ने भन्दै आर्थिक वर्ष ०७७ र ०७८ को निति तथा कार्यक्रममा पारेर दश करोड बजेट बिनियोजन गरिएको गर्याे । बहुवर्षिय आयोजनाका लागि सामाजिक विकास मन्त्रालयले डिपिआर समेत तयार पारिसकेकाे छ । तर डाेल्पामा भने मन्त्रालयले तयार पारेकाे डिपिआरकाे चर्काे विराेध भएकाे शुरू भएकाे छ । नागरिक समाज डाेल्पाले मन्त्रालयले अस्पतालको डिपिआर पुरानै शैलीको तयार पारेको दावी गरेकाे छ । नागरिक समाजले त प्रदेशका मुख्यमन्त्रीलाइ पत्रनै लेखेर डिपिआर सच्याउँन माग समेत गरेकाे छ । पत्रमा भनिएकाे छ “अस्पतालको संरचनामा स्थानीय सामग्री तथा जस्ता पाता प्रयोग गरेर पुरानै शैलीको एक तले भवन बनाउने गरि डिपिआर बन्नु दुखद हाे”पुरानो डिपिआर सच्याएर नयाँ डिपिआरका लागि पहल गर्न नागरिक समाजले सराेकारवाला सबैमा अनुराेध समेत गरेकाे छ।
नागरिक समाजकाे पत्रः

यस्ताे छ जिल्ला अस्पताल डाेल्पाकाे डिपिआरः

file:///C:/Users/HP/Downloads/3D%20VIEWS.pdf3D VIEWS
सामाजिक विकास मन्त्री भन्छन्ः “नयाँ डिपिआर बनाउँन तयार छाैँ“
जिल्ला अस्पताल डाेल्पाकाे डिपिआरबारे इमान्दार खवरले बुज्दा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले यदि डिपिआरमा बिराेध भए आयोजना पछाडी धकेलिन सक्ने चेतावनी दिएका छन् । इमान्दार खवरसँग उनले भने “हाम्राे मन्त्रालयकाे विषेश अनुराेधमा केन्द्र सरकारले निशुल्क डिपिआर बनाउँने ब्यवस्था मिलाइदिएकाे हाे””हुम्लाकाे पनि यस्तै डिपिआर छ,मन्त्रालयले चाँडै अस्पताल निर्माण गर्ने याेजना बताएकाे छ तर यदि निर्माण कार्यमा अवराेध हुने कुनै पनि गतिविधि भए आयोजना समयमा बन्दैन, उनले थपे फेरी नयाँ डिपिआर बनाउँनै नसकिने भन्ने हाेइन तर समय लाग्न नै,जिल्लाबासीकाे यहि भाग भए हामि नयाँ डिपिआर बनाउँन तयार छाैँ तर समय भने धेरै लाग्ने उनले बताए ।


















