पल शाहले मुख खोले:षड्यन्त्र भएको भन्दै,सार्वजनिक गरे आफूलाई फसाउन खाेज्नेहरुकाे नामावली
कलाकार दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँले आफूमाथि षड्यन्त्र गरेको उनको आरोप छ ।
उनले लेखेका छन्, ‘म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु । सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकाली सक्नुभएको होला र गालीगलौज पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईँहरू सामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु । केही दिन अगाडि प्रसारित अडियो क्लिपमा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप म माथि लगाइएको छ ती सबै नियोजित र षड्यन्त्र पूर्वक ढङ्गले म माथि प्रहार गरिएको छ ।’ उनले प्रमाणस्वरूप आफूसँग भएको अडियो क्लिपसमेत सार्वजनिक गरेका छन् ।
नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि उनलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ ।

- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -