काठमाडौँ, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सडकमा एमसीसीको विरोध गर्ने युवाहरूको कुनै दोष नभएको बताएका छन् । उनले अब क्षणिक लोकप्रियता कि दीर्घकालीन लोकहित रोज्ने भनेर टुंगोमा पुग्नुपर्ने बताए ।‘सडकमा एमसीसीको विरोध गरिरहेको युवाको कुनै दोष छैन । दोषी त ती द्वैध चरित्र भएका नेताहरू हुन्– जो बालुवाटारमा एउटा कुरा गर्छन्, बानेश्वरमा अर्को,’ उनले भने।
महामन्त्री शर्माले आवेग र उग्रताभन्दा जिम्मेवार राष्ट्रवादले मुलुकको विकास र समृद्धि सम्भव रहेको बताए । ‘अब टुंगो गरौं, क्षणिक लोकप्रियता रोज्ने कि दीर्घकालीन लोकहित आवेग र उग्रताले राष्टहरू समृद्ध बनेका छन् कि जिम्मेवार राष्ट्रवाद नै,’ उनले भने ।