spot_img

प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता

spot_img

काठमाडौँ,  प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकका लागि बानेश्वरस्थित संसद् भवन पुगेका प्रधानमन्त्री देउवाले बैठकमा छलफल गर्ने वातावरण नबनेपछि बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवाले अहिले संसद् भवनमै एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरिरहेका छन् । भेटमा कांग्रेस महामन्त्री गगन थापा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत छन् ।सरकारले एमसीसी सम्झौता संसद्‍मा पेस गरे पनि त्यसमाथि छलफल र अनुमोदनको प्रक्रिया अघि बढ्न सकेको छैन । त्यसबारे सत्ता गठबन्धनभित्र चर्को मतभेद छ ।

प्रधानमन्त्री देउवाले गठबन्धन दलहरुले साथ छाडेको अवस्थामा विपक्षी दलसँग मिलेर एमसीसीलाई निकास दिने गरी छलफल अघि बढाएको स्रोतको भनाइ छ । उनले एमालेसँग संवादकै लागि बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img