spot_img

मास्क नलगाउनेलाई सय रुपैयाँ तिराउने सिडिओको निधारमा मास्क, कसले गर्छ कारवाही?

spot_img

वीरगंज, देशमा कोरोना महामारी छ। प्रदेश २ को पर्सा, बारा र रौतहटमा संक्रमित बढेको बढ्यै छन्। प्रहरी प्रशासनले बाहिर हिँड्नेलाई मास्क अनिवार्य गरेको छ। मास्क नलगाउने तथा चिउडो र निधारमा लगाउनेलाई जरिवाना गर्ने गरेको छ।

तर, जिल्ला प्रशासन कार्यालयका प्रमुख (सिडिओ) भने निधारमा मास्क लगाएर अनुगमनमा हिँडिरहेका छन्। बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित मास्क नलगाएर भारतीय सीमावर्ती क्षेत्रमा अनुगमन गर्न गएका हुन। उनले करिब मध्यान्ह १२ बजे आफ्नै फेसबुक गरेको पोस्टमा मास्क नलगाएको देखिन्छ। उनले नाक र मुख छोप्न प्रयोग गर्न लगाउने मास्क निधारमा लगाएको देखिएको छ। केही फोटोमा मुख मात्र छोपेको देखिएको छ।

उनको यस्तो फोटो सार्वजनिक भएपछि समाजिक सञ्जालमा आलोचना सुरु भएको छ। कतिपयले समाजिक सञ्जालमै उनको फोटो पोस्ट गर्दै कारवाहीको माग गरेका छन्। बाराका पत्रकार साजिर मन्सुर लेख्छन्, ‘मास्क नलगाउने बाराका जनतालाई १ सय जरिवाना तिराई कारवाही गर्ने नियम लागु गर्ने बाराका सिडिओ पण्डितलाई कसले कारवाही गर्ने?’ अरुले पनि उनको पोस्टमा कडा आलोचना गर्दै तस्विर शेयर गरिरहेका छन्।

भारतबाट मजदुर तथा मलको तस्करी हुँदैछ भन्ने सूचनाको आधारमा बाराका सुरक्षा समितिका अधिकारीसहित पूर्वी क्षेत्रको सिम्रौनगढ नगरपालिकाको ४ वटा नाकामा अनुगमनको क्रममा गएका प्रजिअ पण्डितले मास्क नलगाई ९ वटा मोटरसाइकलमा ल्याएका ४० बोरा मल नियन्त्रणमा लिएर वीरगंज भन्सारलाई बुझाएको जानकारी फेसबुकमार्फत दिएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img