काठमाडौँ, एमाले महासचिव शंकर पोखरेलले प्रमुख दलहरुबीचमा आधरभूत सहमति हुनुपर्ने बताएका छन् । शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराउने क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा महासचिव पोखरेलले एमालेले लोकतान्त्रिक पद्धतिलाई लिकमा ल्याउन पहल गरिरहेको बताएका हुन् ।सरकारमा सहभागी हुने प्रक्रियामा एमाले कहाँसम्म पुगेको हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओली पोखराबाट काठमाडौं फर्किएपछि प्रधानमन्त्री देउवासँग छलफल गरी अघि बढ्ने बताए ।
’कांग्रेसले के गर्छ भन्ने कांग्रेसकै हातमै छ । गठबन्धनको बाटोमा जान्छ कि लोकतन्त्रिक पद्धतिलाई साथमा लिएर हिँड्छ । गठबन्धनले लोकतन्त्रलाई डिरेल गरेको छ । त्यसलाई लिकमा ल्याउने प्रयासमा कांग्रेसको भूमिका के रहन्छ सोही अनुसार हामीले निर्णय गर्छौैं,’ पोखरलेले भने । लोकतन्त्रलाई सही मार्गमा ल्याउन प्रमुख राजनीतिक दलहरूसँगको छलफल गरिरहनुपर्ने उनको भनाइ थियो ।
आफ्ना मागहरु सम्बोधन नभए आफूहरु संसदीय प्रकियामा सामेल नहुने उनले बताए । ’सभामुखका कारण राजनीति डिरेलमा परेको छ । सभामुखले गल्ती सच्याए वा मार्गप्रशस्त गरे वा कांग्रेसले हाम्रो माग सम्बोधन गरे हामी संसदीय प्रकियामा जान सक्छौं उनले भने ।