काठमाडौँ, नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किएपछि पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अध्यक्ष नेपालले नेता झलनाथ खनाल, विरोध खतिवडा र गंगालाल तुलाधरसँग छलफल गरिरहेका छन् ।
एमसीसीबारे झलनाथ खनालले चर्काे विरोध गरिरहेका बेला माधव नेपाल भने मध्यमार्गी बाटो खोज्न लागेका छन् । नेकपा एसका अन्य मन्त्रीहरु पनि एमसीसी पास गर्नुपर्ने बताउँदै आएका छन् ।