काठमाडाैँ,डाेल्पाकाे ठुलीभेरी नगरपालिकाकाे मेयर पदका लागि युवा नेता तथा लेखक प्रेमवहादुर बाेहरा गरे उम्मेद्वारी दिने घाेषणा गरेका हुन् । शुक्रबार सामाजिक सञ्जाल मार्फत आसन्न स्थानिय तहको निर्वाचनमा ठूलीभेरी नगरपालिकाको नगरप्रमुख पदका लागि उम्मेद्वारी दिने निर्णय गरेको जानकारी दिएका छन् । ठुलीभेरी वडा नम्वर ५ का स्थानीय बाेहराले ‘सुगम, सुव्यवस्थित र सुसम्पन्न ठूलीभेरी’को’भिजन र कार्यायोजना’ सहित व्यक्तिगत रूपमै उम्मेद्वारी घाेषणा गरेकाे इमान्दार खवरलाइ जानकारी दिए ।
जनता समाजवादी पार्टी ( जसपा ) डाेल्पाका पार्टी अध्यक्ष समेत रहेका बाेहरा पछिल्लाे समय जिल्लामा चिर्चित युवा नेताका रूपमा समेत परिचित छन् । राजनीतिसँगै लेखन कार्यमा समेत सक्रिय बाेहराले केहि समय पहिले “काेग्ले” नामक कृति बजारमा ल्याएका थिए ।