spot_img

उत्तर कोरियाली नेता किम जोन उन ’कोमा’मा,बहिनीले शासन सम्हाल्ने

spot_img

उत्तर कोरियाली नेता किम जोन उन ’कोमा’मा पुगेको र उनकी बहिनीले शासन सम्हाल्न थालेको समाचार बाहिरिएको छ। उत्तर कोरियाका विषयमा अन्तर्राष्ट्रिय मिडियामा यसअघि धेरै पटक ’किम जोन उन’को मृत्युको खबर आइसकेकाले विश्वभर सचेततापूर्वक त्यहाँका खबरलाई लिने गरिन्छ।

पछिल्लो पटकको खबर अनुसार किम जोन उन कोमामा पुगेपछि उनकी बहिनी किम यो जोङले डि फ्याक्टो भूमिका निर्वाह गरेकी छिन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय उनी मातहतमा संचालन हुन थालेको दक्षिण कोरियाली पूर्व राष्ट्रपति किम डे जुङलाई उदृत गर्दै मिडियाहरुले जनाएका छन्।

’मैले थाहा पाए अनुसार उनी (किम जोङ उन) कोमामा छन् तर उनको जीवन सकिएको होइन,’ दक्षिण कोरियाली मिडियालाई उदृत गर्दै न्युयोर्क पोस्टले जनाएको छ।

उनले जासुसमार्फत् आफूले उक्त जानकारी पाएको दावी गरेका छन्। किमकी बहिनीलाई पहिलेदेखि नै उत्तर कोरियाको सत्ताको उत्तराधिकारीका रुपमा लिइँदै आएको छ। उत्तर कोरियाले पछिल्लो खबरबारे प्रतिक्रिया दिन बाँकी नै छ। केही समय यता किम मिडियामा सार्वजनिक भएका छैनन्। उनको सार्वजनिक उपस्थिति नहुनासाथ यस्तैखाले खबर सार्वजनिक हुँदै आएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img