काठमाडौं, सुनको मूल्य प्रतितोला एक हजार ६०० ले रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १६ सयले बढेर ९८ हजार २०० कायम भएको छ।अघिल्लो दिन प्रतितोला ९६ हजार ६०० मा कारोबार भएको थियो। महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० कायम गरिएकोछ।
आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रुपैयाँले बढेर एक हजार ३४० पुगेको महासंघले जनाएको छ ।