spot_img

रुस–युक्रेन युद्ध, रुसको सामना गर्न बियरको बोतलमा बम बनाउँदै युक्रेन

spot_img

काठमाडौं,युक्रेनी सरकारले रुसी सेनाको सामना गर्न मोलोटोभ ककटेल पेट्रोल बम बनाउन आफ्ना देशवासीहरूलाई आग्रह गरेको छ।यस बमको मद्दतले आफ्नो सुरक्षा गर्न सक्षम हुने युक्रेनले जनाएको छ। यसैबीच पश्चिमी युक्रेनको मुख्य शहर लभ्भिमा रहेको प्राभदा ब्रुअरीका कर्मचारीहरूले बियरको सट्टा मोलोटोभ ककटेल बनाउन थालेका छन्। यो युक्रेनी ऐतिहासिक सहर हो, जुन पोल्याण्डको सिमाना नजिकै रहेको छ। अहिले यस सहरका मानिसहरूलाई यो डर छ कि यहाँ रूसी ट्याङ्कहरू पसेर यसलाई नष्ट गर्न सक्छन्।

मोलोटोभ ककटेल पेट्रोल बम कसरी प्रयोग गरिन्छ? यसबारे बोल्दै प्राभदा ब्रुअरीका एक कर्मचारीले भने ’कपडाहरू राम्ररी भिज्नका लागि केही पर्खनुपर्छ। जब यो भिज्छ, तब बुझ्नुहोस् कि मोलोटोभ ककटेल तयार भयो।’ त्यसपछि कर्मचारीले यो कपडालाई पेट्रोलको मिश्रणले भरिएको बियरको बोतलमा राखे।

प्राभदा ब्रुअरीका मालिक युरी जास्ताभनीले मोलोटोभ ककटेल पेट्रोल बमको बारेमा कुरा गर्दै भने, ’हामीसँग सीप छ। हामीले सन् २०१४ मा सडक क्रान्तिबाट गुज्र्यौं।’ जास्ताभनीले भने ’कीबमा पश्चिमा समर्थक विद्रोह जसले क्रेमलिन समर्थित शासनलाई पराजित ग¥यो। त्यसपछि हामीले मोलोटोभ ककटेल बनायौं।’जास्ताभनी भन्छन कि यो बनाउने विचार उनलाई एक कर्मचारीबाट आएको हो। सन् २०१४ को क्रान्तिमा उनका धेरै कर्मचारी सहभागी भएका थिए। जास्ताभनीले यो युद्ध जित्नका लागि सबै कुरा गर्ने वाचा गरेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img