spot_img

प्रमुख प्रशासकीय अधिकृत विहीन डाेल्पाेबुद्ध गाउँपालिका,”कर्मचारी जान मान्दैनन्”

spot_img

डाेल्पा,मुलुक संघीयतामा गएकाे वर्षाैँ भैसक्याे,गाउँ गाउँमा सिंहदरबार आयो भनियाे,तर दुर्गमका स्थानीय तहहरूकाे पीडा भने जस्ताको तस्तै छ । यस्तै पीडा खेपिरहनु परेकाे छ,उपल्लाे डाेल्पाका स्थानीय तहहरूले । उपल्लाे डाेल्पामा रहेका डाेल्पाेबुध्द्द,छार्का ताङसाेङ र शे फाेक्शुण्डाे गाउँपालिकाले कर्मचारीकाे समस्या खेप्नु परेकाे छ । डाेल्पाेबुद्ध गाउँपालिकामा कार्मचारी नआएपछि साउन १ गते कार्यापालिकाले निर्णयनै गरेर सबै कर्मचारीहरूलाइ कार्यालयमा उपस्थीतहुन ताकेता गरेपनि कर्मचारीहरू अहिलेसम्म पनि उपस्थीत भएका छैनन् । दुनैमा राखिएकाे सम्पर्क कार्यालय हुँदा केहि फाट्टफुट्ट कर्मचारी आएपनि कार्यालय डाेल्पाेबुध्द्दमै सरेपछी भने कमर्चारी दुनै भन्दा माथि जान नमानेकाे गाउँपालिका कार्यवाहक अध्यक्ष ग्याल्पाे भाेटे बताउँछन् । कुल दरवन्दीमध्ये तीन जना प्राबिधिक, एक जना कृषी, तीन कार्यालय सहयाेगि, एक वडा सचिव उपस्थित छन् भने प्रमुख प्रशासकीय अधिकृत गाैतम पंगेनि सहित अन्य कर्मचारीकाे उपस्थिति छैन ।

प्रमुख प्रशासकीय अधिकृत पंगेनि भन्छन् “मेराे साउनमा सरूवा भएकाे हाे,म जाने तरखरमै छु,अन्य कर्मचारी पनि जादैँछन्,जानेक्रम जारी छ,लकडाउनका कारण समयमा पुग्न सकिएन अव चाँडै जाने उनकाे दावी छ” । म निरन्तर गाउँपालिका अध्यक्ष लगाएतका जनप्रतिनिधीकाे सम्पर्कमा छु,काठमाडाैँ बसेर पनि पालिकाकाे काम भइरहेकाे उनकाे दावी छ ।

अधिकांस कार्मचारी आएका छैनन् र गाउँपालिकामा बसिरहेका कार्मचारी पनि किन बस्नु परि रहेको छ भन्ने गरेकाे दुखेसाे गर्छन् का.वा अध्यक्ष ग्याल्पाे भाेटे । अपर डाेल्पामा वर्षा याममा विकासकाे काम गर्ने उपयुुक्त समय साउन र भदौ भएकोले यहि दुई महिनामा कार्मचारिहरु नहुँदा विकासकाे काम ठप्प रहेकाे उनकाे भनाइ छ ।

यस्तै बिकासकाे काम गुणस्तरीय र समयमा सिध्याउने अदेश्यले ठाउँ सुहाउँदो फैले नयाँ तरिकाले काम गर्ने पहल गरि रहेता पनि कार्मचारीकाे अभावले अपेक्षा अनुसारकाे काम हुन नसकेको र फ्नाे अनुस्पाथितिमा पटकपटक कावा अध्यक्षले ताकेता गर्दा पनि नअएकाले अब कार्वाहीकाे प्रक्रिया अगाडि बढाउने गाउँपालिका अध्यक्ष तेन्बा गुरुङकाे चेतावी छ । याेजनाकाे पेश्की रकम दिने समयमा आएता पनि लेखापल कहाँ छन् भन्ने अत्ताेपत्ताे नभएकाे उनकाे भनाइ छ ।

गाउँपालिकाकाे दुई तीन महिना समेत कार्मचारीहरु कार्यालय उपस्थित नभइ घरमै बसेकाले अब कि त तलब काटउने कि त मन्त्रालय फिर्ता पठाउने कि त हिउँदमा पनि गाउँपालिका मै बसाल्ने कार्यपालिकाले छलफल भइरहेकाे छ । यस्तै केही कार्मचारी मध्ये स्वास्थ्यका चार जना कार्मचारि यस्तो समयमा स्वास्थ्य चाैकिलाई खालि पारेर विना जानकारि घर फर्केको वडा ३ का अध्यक्ष पासाङ लामाले बताए ।

अहिले काम गर्ने समयमा कर्मचारि नहुने पछि काम सिध्दिसके पछी फेरि काम भएकाे छैन भनेर विल पैसा घटाउने गरेर जनतालाई दुख दिएकाे स्थानीय साेनाम ग्यालजन बताउछँन्।

डाेल्पाेबुध्द्द मात्रै नभएर अन्य गाउँपालिकाकाे पनि अवस्था त्यस्तै छ । उपल्लाे डाेल्पाका अधिकांस स्थानीय तहहरू कर्मचारिकाे समस्या झेल्न बाध्य छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img