प्रकास झाक्री,काइके डाेल्पा
डाेल्पा जिल्लाकाे काइके गाउँपालिकाकाे वडा नम्वर ७ “लावन” गाउँमा परापूर्वकाल देखि नै चैती पर्व मनाउने चलन छ । चैती पर्व हिउँदोको पुस महिनामा मनाइन्छ । चैती हिउँदोको समयमा मनाइने भएकाले चैती भन्ने गरिन्छ । हाम्रो रिति रिवाज अनुसार एक किसिमको त्यो चाडपर्व नयाँ वर्षको रूपमा मान्ने गर्दछन् । विशेष गरि चैती १ महिना अन्तरालमा मनाउने गरिन्छ । यसै गरि यो आफ्नो रितिरिवाज अनुसार दौरा सुरूवाल र मयुर प्याक अनि ड्याङ्ग्रो सहित आफ्नो भेष भुषामा आफ्नाे फरक ढंगले नाच नाच्ने गरिन्छ । यो चाडको मुख्य सेवा भनेको ११ महिना राजाको सेवा र १ महिना देउताको सेवा गर्ने भन्ने प्रचलन हाे ।
चैतीको पहिलो दिनमा प्रत्येक घर दुरिको घरमा लिङगो उठाउने बिहान ९ः३० बजे सुरू पनि गरिन्छ । पहिलो दिनमा हाम्रो चैतिकोयल्सा याके यल्सा भन्ने ठाउँमा हाम्रो गाउँ देखि ७ जना बाम र गाउँलेहरू नाच हेर्न यल्सा जाने गरिन्छ । त्यसपछि यल्सा सकिएपछि हाम्रो चैती महिनाको चैती मनाउने घरदुरिमा बामे ७ जना र गाउँले सबैभेला भइ रमाइलो गरिन्छ। चैत्र महिनाको चैती मनाउने ठाउँमा,दोस्रो दिन उत्ता आम्मा चाम्मे भन्ने ठाउँमा ७ जना बाम गाउँले हरू आम्मा भन्ने ठाउँमा जान्छन् । त्यो नाच सकिएपछि फेरिमा बामे ७ जाना चैती महिनाको चैति मनाउने पुरानो घरमा नाच्ने र रमाइलो गरिन्छ । तेस्रो दिन हाम्रो गाउँ हाम्रो गाउँ बारसा भन्ने ठाउँमा नाचिन्छ जुन अगाडीको दिन आदि यल्सा टोहोरा मानिन्छ।
चौंथो दिन नाच्ने हाम्रो गाउँको पछाडि बारसा भन्ने ठाउँमा नाचिन्छ र त्यो दिन नाच्न जुन दोस्रो आम्मा चाम्मु को टोहोरा नाच्ने गरिन्छ । पाचौँ दिन हामी सबै गाउँलेहरूका चलनमा जो गाउँको बच्चा जन्मे ३ वर्ष पुग्छ त्यो ३ वर्षको छोराको हाम्रोरिति रिवाज अनुसार बराउन पुन गरिन्छ । पहिलो दिन छोरोलाइ गाउँको प्रत्यक घरदुरि परिवारलाइ खाना दिन र ३ वर्षको छोरालाइ ख्रच्चा गर्न चलन र ख्रच्चाको दिन प्रत्यक घर परिवारलाइ खाना दिने चलन छ । छैटौँ दिन बामे ७ जना बारासा भन्ने ठाउमा नाच्न जान्छन् । अनि बामे पछि गाउँलेहरू नाच्न हर्न जान्छन । ३ वर्ष बराउन गर्न सानो छोरोलाइ लगायत सम्म्पुर्ण परिवार बामे ७ जाना चैति नाच्ने बामिहरूले नाच्ने ठाउमा बोलाउ सुचना दिन्छन् ।
बराउ नामका छोरोलाइ घरबाट सुगन सुमा साहत गरेर । बामि नाच्ने ठाउमा लिन्छन बारासाभा बामि नाच्ने ठाउ बारासाभा चैति नाच्ने ठाउँमा लिन्छन् सबै गाउँले ३ वर्ष बराउने गर्न छोरो र बुबालाइ गाउले खादा राइका लगाएर दादुणि दिइ आफ्नाे घरमा ७ जाना चैतिनाच्ने बामिर गाउले सबै बराउको घरमा आउने चलनेछ । आइ सके पछि चैति नाच्ने बामिरहरूलाइ प्रसादको रूपमा ८४ ब्यान्जन पहिलो दिनमा ४०० यरि प्रसाद निकाल्ने गरिन्छ । ४०० यरि ४०० प्रसाद जुन बराउन गर्न ब्याक्तिको घरबाट निकाल्ने ४०० प्रशाद रूपमा हाल्न पर्ने हुन्छ । ४०० यरि ५० याल ७ जाना चैति नाच्ने लिन्छन् ३५० याल नाच्ने नयाँ नयाँ पाउँनाहरूलाइ आयो मुने पाउनाहरूलाइ पनि प्रशाद दिएर स्वागत गर्ने पनि गरिन्छ । बाँकि प्रसाद प्रत्येक घर दुरिलाइ प्रसादको रूपमा बाड्ने चलन पनि छ ।
सातै दिनमा जुन चैति नाच्ने बामि हरूलाइ बारसा भन्ने ठाउँ मा नगइ जुन सात ३ बर्षको छोरा बाबुको घरमा सिधै गइ चैति नाच नाच्ने घरमा जानुहुन्छ,।त्यस पछि गाउँले सबै बाबुको घरमा जम्म भएका हुन्छन । त्यस पछि चैती नाच्ने सात ७ जाना बाबुको घरको छतमा नाच्ने गरिन्छ र नाच सकिएपछि फेरी दोस्रो दिन पनि ८४ परिकारको ५०० याल प्रसाद पनि बराउ गर्ने व्यक्तिले नाच्ने ठाउँमा ल्याएर राखेको हुन्छ । प्रसाद ल्याएर छतभरि फिजाएर राखेको हुन्छ । प्रसाद भएको विच ठाउँमा गाउँको जान्नेमान्ने मान्छेलाइ विचमा राखेर ७ जना बामे नाचेपछि मुख्यले विचमा सोल गरेर मात्र प्रसाद बाढ्ने चलन छ ।
तस्वीरहरू…


















