किभ,युक्रेन र रुस युद्धको आज दसौं दिन हो । पछिल्लो चौबीस घण्टामा के–के भए थाहा पाउनुहोस्ःब्रसेल्समा नेटो देशका विदेशमन्त्रीहरूको बैठकपछि गठबन्धनका महासचिव यान्स स्टोल्टेनबर्गले युक्रेनमाथि गठबन्धनले नो–फ्लाई जोन स्थापना नगर्ने बताए।यस निर्णयबाट आक्रोशित युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमी देशहरूको आलोचना गर्दै एक विज्ञप्ति जारी गरे। सो विज्ञप्तिमाम नाटो नेतृत्वले युक्रेनी सहर र गाउँ ध्वस्त गर्न स्वीकृति दिएको बताए।युक्रेनका जनतालाई दिएको टेलिभिजन सन्देशमा जेलेन्स्कीले पश्चिमी नेताहरूलाई युक्रेन विरुद्ध रुसको आक्रामकता बढ्दै जाने कुरा थाहा भएको बताए।
रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ भने ट्वीटर र युट्युब पनि बन्द गरेको छ । फेसबुकले धेरै रुसी मिडिया संस्थालाई प्रतिबन्ध लगाएपछि यो कारबाही गरिएको रुसले जनाएको छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेनाको बारेमा गलत समाचार फैलाउनेलाई १५ वर्षसम्म जेल सजाय हुने नयाँ कानुनमा हस्ताक्षर गरेका छन् ।नवौं दिन पनि युक्रेनको उत्तर, दक्षिण र पूर्वमा दिनभर भीषण युद्ध जारी रह्यो। रुसले युक्रेनको राजधानी किभमा नयाँ मिसाइल आक्रमण गरेको छ र विस्फोटको आवाज सहरभर सुनिएको छ । उही समयमा, रुसी घेराबन्दीमा फसेको दक्षिणपूर्वी तटीय सहर मारिउपोलमा बमबारी जारी छ। उत्तरपूर्वी सहर खार्किभ र चेर्निहाइभमा बमबारी जारी छ।
बिहीबार राति युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा रुसले गरेको आक्रमणको आलोचना गर्दै अमेरिकाले विश्व ठूलो त्रासदीबाट बचेको बताएको छ ।अन्तर्राष्ट्रिय अनुगमन टोलीले परमाणु संयन्त्रमा विकिरण नभएको र प्लान्ट सुरक्षित रहेको बताएको छ ।युक्रेनबाट ठूलो संख्यामा मानिसहरूको पलायन जारी छ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कले बीबीसीलाई युक्रेनले रुसलाई युद्धमा हराउनेमा आफू विश्वस्त रहेको बताएका छन् । अमेरिकी विदेशमन्त्रीले युद्ध कहिलेसम्म चल्ने हो भन्न नसकिने तर युक्रेनको पराजय अपरिहार्य नभएको बताए। बीबीसी