काठमाडौं,सत्तारुढ दल माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले बाँकी केन्द्रीय सदस्यको चयन गरेको छ । केन्द्रीय समितिको बैठकले ९७ जना केन्द्रीय सदस्य मनोनित गरेको हो । सो संख्या माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाचन गरिरहेका छन् । स्थायीय तहको चुनाव नजिकै आइसकेकाले चुनाव लक्षित कार्ययोजना र कार्यविभाजन गर्दै बैठक आजै सक्ने तयारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
८औं राष्ट्रिय महाधिवेशनले निर्देश गरेका बाँकी काम सक्ने, केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन गर्ने, चुनाव केन्द्रीत कार्ययोजना र कार्यविभाजन गर्ने र समसामयीक राजनीतिमा उठेका प्रश्नहरुमा पार्टीको आधिकारीक धारणा तय गर्न केन्द्रीय समिति बैठक बसेको थियो । शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए भने बरिष्ठ नेता नारायणकाजीले एमसीसी परियोजनाका विषयमा फरक मत राखेका थिए । नेता कृष्णबहादुर महराले पनि देव गुरुङ, लिलामणी पोख्रेल लगायतका तर्फबाट लिखित फरकमत राखेका छन् । आइतबार बस्ने भनिएको बैठक आजका लागि स्थगित भएको थियो ।
यी हुन् थपिएका नेकपा माओवादी केन्द्रका ९७ केन्द्रीय सदस्यः
१.रामलाल विक २. ठाकुर विक ३. तेजबहादुर मिजार ४. घनेन्द्र बराईली ५. पदमबहादुर विक ६.शंकर दुलाल ७. अनिता परियार ८. सपना परियार ९. अतर हुसेन थारु १०. रजि हैदर ११. कोहिद अन्सारी १२. मिश्रा खान १३. शेख चाँदतारा १४. सुर्यनाथ यादव १५. अशोक जैसवाल १६. सत्यनारायण भगत १७. दिलिप शाह १८. उमेश कुमार यादव १९. रामसिंह यादव २० राधेश्याम पासवान २१.शिवराम यादव २२. ईन्दु शर्मा २३. निशा शाह २४. तारा महतो २५. रुवी कर्ण २६. सुनिता महतो २७. अनिता हरिजन २८. सोनिया यादव २९. भेषकुमारी रावत ३०. भवानी थापा ३१. कन्चन खनाल ३२. गंगा दाहाल ३३. कमला पहरी ३४. प्रभा बस्नेत ३५. सीता आर्चाय ३६. देवेन्द्र श्रेष्ठ ३७. क्षेत्रबहादुर श्रेष्ठ ३८. कुशल लिम्बु ३९. दिर्घ श्रेष्ठ ४० धनबहादुर मास्की ४१ दिनेश महर्जन ४२ राजकाजी महर्जन ४३ रन्जित तामाङ ४४ सत्यनारायण श्रेष्ठ ४५ भीमकुमारी बाड्खा ४६. पार्वती पुन गहतराज ४७. खिमकुमारी रोका ४८. दिलमायाँ रोका ४९. दुर्गा राई ५०. सिर्जना तरामु ५१. बिजय महतो ५२. विनिता थारु ५३. जिवन आचार्य ५४ सुमन देवकोटा ५५ सुदिप कुँवर ५६ रमेश मल्ल ५७. खिलप्रसाद बुढाथोकी ५८. बाबुराम गौतम ५९. सुर्यमान दोङ ६०. ईन्द्र गोतामे ६१. पारशमणी पौडेल ६२. शैलेन्द्र घिमिरे ६३. कपिल लामा ६४. गोविन्द पौडेल ६५. दिपक कोईराला ६६. कमल चुँदाली ६७. नारायण अधिकारी ६८. गगनबहादुर खड्का ६९. मंगलबहादुर शाही ७०. कर्णबहादुर बस्नेत ७१. झपड सावद ७२. शिवसेन वली ७३. रत्न ढकाल ७४. नरेन्द्र न्यौपाने ७५. सन्तोष विष्ट ७६. तिलकराज भण्डारी ७७. सुरेन्द्र बस्नेत ७८. दिपक देवकोटा ७९. उत्तम अधिकारी ८०. विजय गौतम ८१. प्रकाश विकल्प ८२. विमल अधिकारी ८३. डा. भरत लामिछाने
प्रस्तावित केन्द्रीय सदस्यहरु
८४. विष्णु सापकोटा ८५. हरि ज्ञवाली ८६. टेकेन्द्र भट्ट ८७ गोपाल पराजुली ८८. टोपबहादुर कंडेल ८९. झलकसिंह दर्लामी ९०. डीपी ढकाल ९१ कालीबहादुर मल्ल ९२. सुनिता गौतम ९३. सावित्री बुढाथोकी ९४. सरस्वती न्यौपाने ९५. अमृता नेपाल ९६. कृष्णा केसी ९७. रामनारायण विडारी