spot_img

कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष बन्दुक भिरेरै डुल्छन्ःस्थानीय त्रसित

spot_img

काठमाडौं, जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत हतियारसहित गाउँ डुल्न थालेका छन् । नेपाली कांग्रेस जाजरकोटका सचिव समेत रहेका बस्नेत हतियारसहित गाउँ डुल्न थालेका हुन् । उनि अधिकांश कार्यक्रममा हतियारसहित सहभागी हुन थालेका छन् ।

उनको यो व्यवहारबाट स्थानीय त्रसित भएका छन् । अध्यक्ष बस्नेतलाई असुरक्षा हुने कुनै कारण नभएको स्थानीयको भनाइ छ । आइतबार गाउँपालिका–६ स्थित घरंगामा बन्दुक बोकेका उनका सहयोगीको तस्वीर सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीरमा एक युवक बन्दुक बोकेर मोटरसाइकलमा बसेका छन् । अध्यक्षा बस्नेतले पनि बन्दुक आफ्नो भएको र बन्दुक बोक्ने युवक आफ्नो साथी भएको बताए ।

उनले आफूसँग बन्दुकको लाइसेन्स भएको पनि बताएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले अध्यक्ष बस्नेतलाई त्यस्तो सुरक्षा जोखिमबारे आफूलाई कुनै जानकारी नभएको बताए । उनले हतियारको बारेमा बुझ्न प्रहरीलाई निर्देशन दिइसकेको बताए

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img