spot_img

कांग्रेस पनि चुनावी तालमेलकै पक्षमा छ, अध्यक्ष प्रचण्ड

spot_img

काठमाडौं, सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस पनि निर्वाचनमा तालमेलकै पक्षमा रहेको बताएका छन्।बुधबार गोदावरीमा आयोजित बागमती प्रदेशको परिषद् बैठक तथा राजनीतिक÷वैचारिक प्रशिक्षणमा बोल्दै प्रचण्डले स्थानीय तहमा विजयी हुने गरी निर्वाचनको तयारी गर्न समेत निर्देशन दिए।

कार्यक्रममा प्रचण्डले स्थानीय तहको निर्वाचनमा एक्लै लड्ने तयारी गर्ने र सत्तारूढ गठबन्धनभित्र तालमेलको प्रयास पनि गर्ने बताएको केन्द्रीय सदस्य माधव सापकोटाले बताए।‘हामीले निर्वाचनका लागि सबैखाले तयारी गर्नुपर्छ। हामी एक्लै लड्ने गरी पनि अघि बढ्नुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने,‘कांग्रेस भित्र पनि कतिपय नेताहरू गठबन्धनको पक्षमा थिएनन्। तर अहिले गठबन्धनको लागि तयार छन्। त्यसैले गठबन्धनको पनि माहोल बनेको छ।’

कांग्रेसलाई आफूहरूले नै सत्तामा पु¥याएको भन्दै प्रचण्डले यसले गर्दासमेत चुनावी तालमेलको पक्षमा रहेको बताएका थिए।अमेरिकी सहयोग परियोजना एमसिसीलाई संशोधन गरेर मात्रै पारित गर्ने पक्षमा आफूहरू रहेको भए पनि गठबन्धन जोगाउनका लागि व्याख्यात्मक घोषणा गरेको प्रचण्डको भनाइ थियो।उनले व्याख्यात्मक घोषणाको कानुनी आधार रहेको समेत दाबी गरेका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img