काठमाडौं, नेपालको राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा परेका छन्। आईसीसीको पुरुषतर्फको मनोनयनमा दीपेन्द्र परेका हुन्।मनाेनयनमा दीपेन्द्रसँगै युनाइटेड अरब इमिरेट्सका भृत्या अरविन्द र भारतका श्रेयस ऐयर पनि छन्। दीपेन्द्र र भृृत्याले हालै आईर्ससी टीट्वेन्टी विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए। यस्तै श्रेयसले श्रीलंका र वेस्ट इन्डिजविरुद्ध पनि उच्च प्रदर्शन गरेका थिए ।
दीपेन्द्रले विश्वकप छनोटमा १ सय ५९ रन बनाएका थिए। ३ विकेट लिएका थिए। प्लयेर अफ द मन्थ विजेता भोटिङको आधारमा छनोट हुनेछन्। यसअघि नेपालका कप्तान सन्दीप लामिछानेले यो उपाधि जितिसकेका छन्। उनी सेप्टेम्बर २०२१ को आईसीसी प्लेयर अफ द मन्थ बनेका थिए। कुशल भुर्तेल अप्रिल २०२१ मा यस अवार्डको मनोनयनमा परेका थिए। दीपेन्द्रलाई आईसीसीको वेबसाइटमा गएर भोट गर्न सकिनेछ।यसैगरी आईसीसीले महिलातर्फ पनि प्लेयर अफ द मन्थको मनोनयन सार्वजनिक गरेको छ। न्युजिल्यान्डकी अमेलिया केर तथा भारतकी मिताली राज र दीप्ति शर्मा मनोनयनमा परेका छन्।अाजकाे अन्नपूर्ण दैनिकमा खबर छ।