काठमाडाैँ,गठन भएको छोटै समयमा एकीकृत सरकारी कर्मचारी संगठन श्रम मन्त्रालय मातहतको विभागमा दर्ता भएको छ । महिना दिन अघिमात्र राष्ट्यि भेलामार्फत राष्ट्रिय अधिवेशन आयोजक समिति गठन गरेको संगठन आज विधिवत रुपमा श्रम विभागमा दर्ता भएको हो ।
केही महिना अघिमात्र गठन भएको सो संगठनप्रति कर्मचारी वृत्तमा आकर्षण समेत देखिएको छ । सो संगठनले आजै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा १४ हजार ७५३ को हस्ताक्षर सहित एकीकृत सरकारी कर्मचारी संगठन दर्ता भएको हो ।निजामतीमा नयाँ संगठन गठनका लागि ५ हजारको हस्ताक्षर आवश्यक पर्ने भए पनि संगठनले आवश्यक्ताभन्दा पनि तीन गुणा बढी हस्ताक्षरसहित विभागमा पुगेर संगठन दर्ता गराएको हो । यति ठूलो संख्यामा हस्ताक्षरसहितको विभागमा दर्ता भएको यो पहिलो संगठन हो ।