spot_img

चुनावमात्र हैन परिआए युद्ध नै लड्ने तयारीमा जुटौं,अध्यक्ष दाहाल

spot_img

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारी गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्र वाग्मती प्रदेश समितिस्तरीय राजनैतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा बुधबार दाहालले अब केही समय गठबन्धनको कुरा साइडमा राखेर आफ्नै खुट्टामा उभिएर लड्ने तयारीमा जुट्नुपर्ने बताए ।

चुनावमात्रै नभई परिआए युद्ध लड्ने गरी तयारीमा जुट्नुपर्ने दाहालको भनाइ थियो । ’पोहोरदेखि जाग्न थालेका छौं, अब पूरै जाग्नु पर्नेछ,’ दाहालको भनाइ उद्धृत गर्दै एक प्रदेश कमिटी सदस्यले भने, ’चुनावमात्र हैन, परिआए युद्ध नै लड्ने तयारीमा जुट्नुपर्छ।’

गत निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसलाई सत्तामा आफूहरुले पु¥याएको भन्दै दाहालले कतिपय कांग्रेसी नेताले होच्याउने गरेको भन्दै असन्तुष्ट राखे । ’एकथरी कांग्रेस हामीलाई होच्याएर बोल्छन्, २३ सिट भएकालाई सिंहासनमा पु¥याएको हामीले हो,’ दाहालले भने, ’कांग्रेस–एमाले दुवैलाई रछ्यानमा पु¥याउने तागत हामीसँग छ ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img