spot_img

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारस्थित आगलागी हुँदा एकको मृत्यु

spot_img

ताप्लेजुङ, ताप्लेजुङको फुङलिङबजारस्थित कोप्चे गोसलाइनमा आगलागी हुँदा जलेर एकजनाको ज्यान गएको छ । स्थानीय रविन आङबुहाङको घरमा डेरा गरी बस्ने मैवाखोला– १ ढुंगेसाँघुकी ६७ वर्षीया जुलिमाया लिम्बूको आगोले जलेर ज्यान गएको जिल्ला प्रहरी प्रमुख बालनरसिंह राणाले जानकारी दिए ।

आगोमा जलेर गम्भीर घाइते भएकी जुलिमायालाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा पु¥याउनासाथ चिकित्सकले मृत्यु भएको बताएको प्रहरी प्रमुख राणाले जानकारी दिए । रविन लिम्बूको घरबाट आगलागी सुरु भएको थियो । आगोले जलेर सँगै रहेको संगिता मादेनको घरसमेत नष्ट भएको छ ।

स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको पहलमा अहिले आगो नियन्त्रणमा आएको छ । आगलागीबाट के–कति धनमालको क्षति भयो, त्यसको वास्तविक विवरण आइसकेको छैन ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img